काठमाडौं – कांग्रेस विशेष महाधिवेशन चलिरहेका बेला संस्थापनसँगको वार्तामा प्रगति नभएपछि गगन थापाले सभापतिमा उम्मेदवारी दिएका छन् ।
निर्वाचन समितिका अनुसार सभापति पदमा गगन थापाको मात्र उम्मेदवारी परेको छ । आजै मतदानको तयारी समेत छ ।
यसैगरी अन्य सबै पदाधिकारीका लागि पनि मनोनयन दर्ता भइसकेको स्रोतले जनाएको छ।निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार उम्मेदवार मनोनयन दर्ताको समय सकियो र दिउँसो १ बजे नामावली सार्वजनिक गरिने छ ।
बुधबार बिहान सहमतिका लागि सभापति शेरबहादुर देउवासँग थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले वार्ता गरेका थिए । तर वार्ता सफल भएन ।
सबै पदाधिकारीका लागि मनोनयन दर्ता भए पनि दुई महामन्त्री थापा र शर्मा अहिले कानुन विद्हरूसँगको परामर्शमा छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।