काठमाडौँ – आज राष्ट्रिय सभाअन्तर्गतका दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।
विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।
त्यस्तै, दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ । बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१/२०८२ सम्बन्धमा छलफल हुने संसदीय समितिको सचिवालयले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।