काठमाडौँ– कांग्रेस सभापति शेरबहादुर देउवासँग निर्णायक वार्ताको लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा महाराजगन्ज पुगेका छन् ।
भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन जारी रहँदा देउवाले अन्तिम निर्णय निकाल्नका लागि बैठक बोलाएका हुन् ।
अन्तिम निर्णय निकाल्ने तयारीसहित बोलाइएको बैठकमा देउवाले महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि बोलाएका छन् । बैठकमा संस्थापन पक्षधरका बालकृष्ण खाँण र रमेश लेखकसँगै शेखर कोइराला समूहबाट डा. मिनेन्द्र रिजालसहितका नेता छन्।
दुई समूहबिच सभापति देउवाले सक्रिय राजनीतिबाट संन्यास लिने र फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई दिने टिकटमा हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्ने विषयमा कुरा मिलेको छैन।
यही विषयलाई कसरी टुङ्ग्याउने भनेर शीर्ष तहमै अन्तिम छलफल हुन लागेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।