कांग्रेस केन्द्रीय समिति बैठक स्थगितनेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । सानेपामा साढे ७ बजे बसेको बैठक उपसभापति धनराज गुरुङले करिब १ मिनेट बोल्नासाथ बैठक स्थगित गरिएको हो ।
गुरुङले विशेष महाधिवेशन पक्षधरसँग सहमतिका लागि वार्ता भइरहेको र सकारात्मक दिशामा अघि बढिरहेको जानकारी गराउँदै बैठक स्थगित भएको घोषणा गरेको केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले जनकारी दिइन् ।
बैठक फेरि भोलि बिहान ८ बजे बस्नेगरी बोलाइएको छ । कांग्रेसको विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अघि बढाइरहेका बेला शेरबहादुर देउवा पक्षले पार्टी विभाजन रोक्न वार्ता गर्दै आएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।