काठमाडौँ – नेपाली काँग्रेसका नेता एनपी साउदले महामन्त्रीहरूको आह्वानमा भएको विशेष महाधिवेशनलाई भेलाको संज्ञा दिएका छन्।
सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नियमित महाधिवेशनको कार्यतालिका ल्याउने बैठकमा महामन्त्रीहरू नै सहभागी रहेको भन्दै भृकुटीमण्डपको भेला मात्रै भएको बताए।
महामन्त्रीहरू पार्टी नफुटाउने विश्वास व्यक्त गर्दै उनले भने, ‘उहाँहरूकै सहभागितामा नियमित महाधिवेशनको कार्यतालिका ल्याएको हो। त्यो महाधिवेशनको मिति तोक्ने बैठकमा पनि उहाँहरू हुनुहुन्थ्यो। त्यसैले नियमित महाधिवेशन स्थगित भएपछि उहाँहरूले बोलाउनुभएको भेला भन्दा ज्यादा हुन सक्दैन।’
उनले वार्ता जारी रहेकाले त्यसपछि केन्द्रीय समिति बैठक बस्ने बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।