काठमाडौँ – विशेष महाधिवेशनलाई लिएर संस्थापन र महामन्त्रीपक्षधरबीच भइरहेको वार्तामा सहभागी नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले परिवर्तनकारी नीति र नेतृत्वसहित कांग्रेस प्रस्तुत हुने बताएका छन्।
सामाजिक सञ्जाल एक्समार्फत उनले यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘बाध्यात्मक परिस्थितिले सृजना गरेको विशेष महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नेतृत्वसहित नेपाली काङ्ग्रेसलाई अझ एकताबद्ध बनाउनेछ ।’ उनी संस्थापन पक्षसँग बिहानैदेखि छलफलमा जुटिरहेका छन् । उनले भनेका छन्, ‘हामी एकताबद्ध, परिवर्तित र सबल नेपाली काङ्ग्रेसको पक्षमा छौँ ।’
दुवै पक्षले आ-आफ्नो अडान कायम राखेपछि मध्यमार्गी बाटोबाट सहमति खोज्न अहिले बालुवाटारमा वार्ता जारी छ ।
यता विशेष महाधिवेशनमा भने बन्द सत्र चलिरहेको छ । कांग्रेसका दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा बन्द सत्रमा छन् ।
वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी छन् ।
सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक, बालकृष्ण खाण र शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल सहभागी छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।