काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ ।
बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको कार्यसमिति बैठक दिउसो १ बजे बस्ने गरी सरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
बैठकमा पार्टीको पछिल्लो विकसित परिस्थितिका बारेमा छलफल हुने बताइएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र सात वटै प्रदेशका सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन जारी छ । यो सहित समसामयिक राजनीतिक विषयमा छलफल र निर्णय गर्न बैठक बोलाइएको बुझिएको छ ।
विशेष महाधिवेशन गरिरहेका नेपाली कांग्रेसका महामन्त्री द्वय गगन थापा र विश्व प्रकाश शर्मा पक्षधर भने केन्द्रीय कार्यसमिति बैठकमा नजाने भएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।