काठमाडौँ – नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको ।
बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने काँग्रेस सचिवालयले जनाएको छ ।
बैठकमा पार्टीको पछिल्लो विकसित परिस्थितिका बारेमा छलफल हुने बताइएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र सात वटै प्रदेशका सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
काँग्रेसका विशेष महाधिवेशन पक्षधरहरूको आह्वानमा यही पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनको बन्द सत्र मंगलबार जारी रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।