काठमाडौं– नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पार्टी गम्भीर अवस्थामा भएकाले विधि अनुसार अघि बढ्नुपर्ने बताएका छन् ।
महाराजगञ्जस्थित सभापति शेरबहादुर देउवासँग भेटपछि उनले यस्तो बताएका हुन् ।
छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले भने, ‘अहिले मुलुक गम्भीर अवस्थामा छ । पार्टी पनि त्यतिकै गम्भीर अवस्थामा छ । पार्टीको एउटा विधि अनुसार स्थापित मान्यता छन् । त्यस अनुसार पार्टी अघि बढ्नुपर्छ ।’
विशेष महाधिवेशनको औचित्य नभएको केन्द्रीय कार्यसम्पादन समितिले भनिसकेको बताए। निर्वाचनपछि वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरिसकेको भन्दै त्यही अनुसार अघि बढ्ने बताए।
‘जुन अहिले विशेष महाधिवेशन छ, हाम्रो केन्द्रीय कार्यसम्पादन समितिले यसको सान्दर्भिकता छैन र नियमित महाधिवेशन अहिले चुनावको संघारमा छौं, मुलुकलाई स्थिरता दिने निर्वाचन हो,’ उनले भने, ‘निर्वाचनपछि वैशाखमा हाम्रो नियमित महाधिवेशन पास गरिसकेको हुनाले त्यही अनुसार पार्टी अघि बढ्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।