काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको अधिवेशन आव्हान गरेका छन् ।
सरकारको सिफारिसमा यही माघ ४ गते आइतबार ११ बजे संघीय संसद सचिवालय, सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन आव्हान गरेको शीतल निवासले जनाएको छ ।
उक्त दिन बिहान ११ बजे अधिवेशन संघीय संसद सचिवालय, सिंहदरबारमा राष्ट्रिय सभा बैठक बस्नेछ ।
यसअघि बानेश्वरस्थित संसद भवनमा राष्ट्रिय सभा बैठक बस्ने गरेकामा जेनजी आन्दोलनका क्रममा जलाइएपछि सिंहदरबारमा बैठक बस्न लागेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।