काठमाडौं– निर्वाचन आयोगले बहालवाला जनप्रतिनिधिले अर्को निर्वाचनमा उम्मेदवारी दिँदा पदबाट राजीनामा दिनुपर्ने कि नपर्ने भन्ने विषयमा स्पष्ट पारेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा आयोगले जारी गरेको सूचना अनुसार बहालवाला जनप्रतिनिधिले उम्मेदवारी दर्ता गराउनु अघि राजीनामा दिइराख्नु पर्दैन। तर, उम्मेदवारी दर्ता भएपछि भने उनीहरूको त्यस्तो पद स्वतः गुम्नेछ।
आयोगका अनुसार सङ्घीय संसदको सदस्य, प्रदेश सभा सदस्य, गाउँ सभाको सदस्य वा नगर सभाको सदस्य पदमा बहाल रहेको व्यक्तिले सङ्घीय संसद वा प्रदेश सभा सदस्य पदका लागि हुने निर्वाचनमा उम्मेदवार भएमा मनोनयनपत्र दर्ता भएपछि त्यस्तो पदबाट स्वतः पदमुक्त भएको मानिनेछ।
यसको अर्थ, उम्मेदवार बन्न चाहने जनप्रतिनिधिले पहिले नै राजीनामा बुझाउनु नपरे पनि मनोनयन दर्ता गरेको क्षणबाटै उनीहरूको साविकको पद खारेज हुनेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।