काठमाडौं– नेपाली कांग्रेसका नेता केदार कार्कीले डा.शेखर कोइरालाको सपना साकार पार्न विशेष महाधिवेशनमा आफू सहभागी भएको बताएका छन् ।
‘डा.शेखरलाई सम्मान गर्न चाहन्छु, उहाँको आवाजलाई साकार गर्न पनि म यहाँ आएको छ,’ उनले भने, ‘किनकि उहाँले भन्नुभयो अहिलेको नेतृत्वले लिएको टिकट लिन्न ।’
चुनावअघि नियमित नभए विशेष महाधिवेशन गर्ने पक्षमा शेखर कोइरालाले संकल्प लिएको पनि कार्कीले सम्झिए ।
‘म नियमित महाधिवशेनको पक्षमा छु, नभए विशेष महाधिवेशनको पक्षमा छु भन्नु भएको थियो,’ उनले भने, ‘उहाँको भौतिक उपस्थिति जरुरी छैन, त्यो विचार सारा महाधिवेशन प्रतिनिधिहरुले पुरा गर्दै हुनुहुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।