काठमाडौं– नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टी नेतृत्वले विशेष महाधिवेशनको निर्णय कार्यान्वयन गरेर जानुपर्ने बताएका छन् ।
पार्टीका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्माको नेतृत्वमा काठमाडौंको भृकुटीमण्डपमा आइतबार आयोजित पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टी नेतृत्वले हठ गरेर बस्न नमिल्ने बताएका हुन् । उनले पार्टीको नेतृत्व युवा पुस्तालाई दिनुपर्ने उल्लेख गर्दै पार्टी नेतृत्व विधि र विधानअनुसार चल्न नसकेको अरोपसमेत लगाए ।
उनले भने,‘यहाँ कसैले हठ गरिराक्न हुँदैन । विधि र विधानअनुसार अगाडि बढन दिनुपर्छ । विधि र विधानअनुसार चल्नुपर्छ । विशेष महाधिवेशनले गरेको निर्णयलाई कार्यान्वयन गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।’
नेता श्रेष्ठले मुलुकलाई जोगाउनका लागि एकताबद्ध भएर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।