काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक सचिवालय बैठक बोलाएको छ ।
बैठक आजै दिउँसो सवा ३ बजे बस्ने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार, सचिवालय बैठक भर्चुअल माध्यमबाट बस्नेछ ।
बैठकमा पार्टी एकता, समायोजन र विविध विषय छलफलका एजेन्डा तय गरिएका छन् ।
स्रोतका अनुसार, उज्यालो नेपाल पार्टीसँग समझदारी भएको सहमतिको विषय भाँडिएपछि रास्वपाले शीर्ष छलफल गर्न लागेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।