काठमाडौं– वरिष्ठ पत्रकार एवम् पूर्वमनत्री होमनाथ दाहालको ८४ वर्षको उमेरमा निधन भएको छ।
दाहालको बिहिबार साँझ वीर अस्पतालमा उपचारका लागि पुर्याइँदै गर्दा उनको निधन भएको हो ।
ओखलढुंगा जिल्लाबाट पूर्व सांसद तथा पूर्व मन्त्री रहनु भएका दाहाल नेपाल पत्रकार महासंघका पूर्व सभापति समेत हुन् ।
पत्रकारिता र लोकतान्त्रिक आन्दोलनमा उनले पुर्याएको योगदान उल्लेखनीय मानिन्छ।
केही समयदेखि अस्वस्थ दाहालको निधनले पत्रकारिता क्षेत्र र लोकतान्त्रिक आन्दोलनलाई अपूरणीय क्षति पुगेको छ।
दाहालकी धर्मपत्नी सुधा दाहाल हाल वीर अस्पतालमै उपचाररत हुनुहुन्छ। उनका दुई छोरा डा. सुधाम्शु दाहाल र हिमाम्शु दाहाल छन् ।
दिवंगत दाहालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।