काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी विभाजन हुने भय र भ्रम नराख्न आग्रह गरेका छन् ।
शर्माले शुक्रबार बिहान सामाजिक सञ्जाल एक्समार्फत् भनेका छन्, ‘फुट्ने भय र भ्रम नराख्न फेरि पनि सबैलाई नम्र आग्रह l’ ‘दोस्रो विशेष महाधिवेशन बदलिएको समयको काँग्रेसका लागि, बदल्नुपर्ने देशका लागि ।’
उनले अर्का महामन्त्री गगन थापाले दिएको ‘विष पिउने’ अभिव्यक्ति र आफ्नो ‘हलबाट बाहिरिने’ अभिव्यक्तिबारे थप प्रष्टीकरण दिएका छन् ।
‘पार्टी एकता जोगाउन विष पिउन तयार । विभाजन हुन लागे हलबाट बाहिरिने,’ शर्माले लेखेको छन्, ‘हामीले यो भन्नुको अर्थ– हो विशेष महाधिवेशन हुन्छ, पार्टी विभाजन हुन्न ।’
महामन्त्रीद्वय शर्मा र थापाले पुस २७-२८ का लागि विशेष महाधिवेशनको औपचारिक आह्वान गरेपछि पार्टीमा आन्तरिक द्वन्द्व उत्कर्षमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।