काठमाडौँ – नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।
पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक सुरु भएको हो ।
बैठकमा राष्ट्रिय सभा निर्वाचनलगायत अन्य तत्कालीन विषयमा छलफल भइरहेको छ । केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा राष्ट्रिय सभाका लागि उम्मेदवारको बारेमा पनि विषय उठ्ने बताइएको छ ।
राष्ट्रिय सभाका १८ सीटका लागि प्रमुख राजनीतिक दलहरु मिलेर चुनाव लड्ने सहमति भएको छ । कांग्रेस र माओवादीसँग भएको छलफल र सीट बाँडफाँडको विषयमा बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ब्रिफिङ गरेका छन् ।
पछिल्लो सहमति अनुसार एमालेले ६ सीटमा उम्मेदवारी दिने बताइएको छ । प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस र यसक्रममा कतिपय ठाउँमा भएका विवादको विषय समेत सचिवालयमा प्रवेश हुने सम्भावना छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।