काठमाडौँ– आज राष्ट्रिय सभाअन्तर्गतका दुई वटा समितिको बैठक बस्दैछ ।
जसअनुसार बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ ।
सिंहदरबार स्थित समितिको कार्यालयमा बस्ने बैठकमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यतालिका छ ।
त्यस्तै दिउँसो १ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ । बैठकमा कोशी प्रदेशको अनुगमन कार्यक्रमको समीक्षा हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।