काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विवेकशील साझाबाट आएका ७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।
आज बसेको केन्द्रीय समिति बैठकले विवेकशील साझाबाट आएका ७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो ।
बैठकले पार्टी समायोजन पछि आज ७ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको रास्वपाले जनाएको छ ।
मनोनीत हुनेमा समीक्षा वास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शना रहेका छन् । केही समय अघि विवेकशील साझा पार्टी रास्वपामा समाहित भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।