काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले सांस्कृतिक विविधता नेपालको गौरव रहेको बताएकी छन्।
मंगलबार तमु ल्होसार महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।
‘सांस्कृतिक विविधता नेपालको गौरव हो। यही विविधता नै हाम्रो ठूलो शक्ति हो’, टुँडिखेलमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले भनिन्, ‘तमु ल्होसारजस्ता पर्वले हामीलाई आफ्नो मौलिक पहिचान जोगाउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अझ बलियो बनाउन प्रेरित गर्छन्।’
सम्बोधनको सुरुमा सम्बोधन गर्दै उनले भनिन्, ‘यहाँहरू सबैमा हार्दिक नमस्कार। छ्या जलो। तमु गुरुङ समुदायको महान् पर्व तमु ल्होसारको यस पावन अवसरमा म यहाँ उपस्थित हुनुभएका र देश विदेशमा छरिएर रहनुभएका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु। सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।