काठमाडौं– वर्तमान सरकारमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा आज (शुक्रबार) परराष्ट्रमन्त्री बन्दै छन्।
आजै दिउँसो २ बजे उनलाई मन्त्री पदको शपथ खुवाउने कार्यक्रम रहेको स्रोतले जानकारी दिएको छ।
केही दिनअघि प्रधानमन्त्री कार्कीले शर्मालाई सरकारमा सहभागी हुन अनुरोध गरेकी थिइन् । त्यसमा शर्माले सकारात्मक जवाफ दिएका थिए ।
शर्माको नियुक्तिसँगै प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद् १५ सदस्यीय बन्नेछ।
अझै रक्षा र खानेपानी मन्त्रालय प्रधानमन्त्री कार्कीकै जिम्मेवारीमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।