काठमाडौं– सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । अहिले ओली निवास गुण्डुमा भेटघाट भइरहेको छ ।
चुनावी वातावरणका लागि खासगरी ठूला दल र नेतासँगको सम्बन्ध सुधारमा लागेको सरकारले पछिल्लो समय उच्चस्तरीय समिति नै बनाएर संवाद थालेको छ ।
सो क्रममा सञ्चारमन्त्रीले ओलीलाई शनिबार तय भएको तीन दलका शीर्ष नेता र प्रधानमन्त्रीबिचको वार्ताका लागि निम्तापनि दिएको बताइएको छ । यसअघि आजै खरेलले कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि भेटेका थिए भने ओलीपछि प्रचण्डसँग भेटको कार्यक्रम रहेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग सघन रूपमा छलफल थालेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।