काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशका चर्चित भनिएका मान्छेहरू नशामा भेटिने बताएका छन्।
महाधिवेशनका स्वयंसेवकलाई धन्यवाद कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका युवाहरूमा कुनै दुर्व्यसनी नरहेको दाबी गरे।
उनले भने, ‘देशका चर्चित भनिएका मान्छेहरू नसामा भेटिन्छन्। हाम्रा युवाहरूमा त्यस प्रकारको कुनै दुर्व्यसनी देखिएन, मेरो भनाइ मन नपरेर, इख मानेर दुर्व्यसनीमा भएकाहरूले पनि छाड्नुभयो भने म धेरै खुसी हुन्थे।’
उनले महाधिवेशनमा खटिएका कुनै स्वयंसेवकको छेउमा पुग्दा खैनी समेत गनाएको नभेटिएको जिकिर गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।