• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ १९, २०८३ Tue, Jun 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

अस्पताल क्षेत्रमा हेल्थकेयर मार्केटिङ : बिरामीसँग नजिक हुने नयाँ युग

64x64
नेपाल लाइभ बुधबार, भदौ ४, २०८२  ०९:४६
1140x725

आजको प्रतिस्पर्धात्मक स्वास्थ्य क्षेत्रमा अस्पताल केवल उपचार केन्द्र मात्र होइनन्, बिरामीले कुन अस्पताल रोज्ने भन्ने निर्णयमा गुणस्तरीय सेवा, विश्वास, सजिलो पहुँच र समयमै प्राप्त जानकारी निर्णायक भूमिका खेल्छ। यही कारणले अहिले अस्पतालहरूमा हेल्थकेयर मार्केटिङको महत्व झनै बढेको छ। आधुनिक डिजिटल युगमा बिरामीहरू सामाजिक सञ्जाल, वेबसाइट र अनलाइन समीक्षा मार्फत जानकारी खोज्ने भएकाले प्रभावकारी मार्केटिङबिना अस्पतालले आफ्नो सेवा र मूल्य जनतासम्म पुर्‍याउन गाह्रो पर्छ। अब अस्पतालले गुणस्तरीय उपचारसँगै सचेतनामूलक सन्देश, बिरामीमैत्री कार्यक्रम र डिजिटल उपस्थितिलाई जोड्नैपर्ने समय आएको छ, जसले केवल बिरामीलाई लाभ पुर्‍याउँदैन, अस्पतालको दीर्घकालीन सफलता र प्रतिष्ठा पनि सुनिश्चित गर्छ।

स्वास्थ्य भनेको मानव जीवनको आधार हो। अस्पतालहरू उपचार दिने स्थान मात्र होइनन्, समाजकै स्वास्थ्य अभिभावक हुन्। तर गुणस्तरीय सेवा र आधुनिक प्रविधि भए पनि यदि त्यसबारे बिरामी वा समुदायलाई जानकारी भएन भने धेरै मानिसले त्यसको फाइदा लिन सक्दैनन्। यही कारणले आजको समयमा हेल्थकेयर मार्केटिङ अस्पतालहरूको लागि अनिवार्य जस्तै बनेको छ।

विश्वमा स्वास्थ्य सेवा दिन–प्रतिदिन प्रतिस्पर्धी हुँदै गएको छ। नयाँ अस्पताल, क्लिनिक र नर्सिङ होमहरू खुलेका छन्, बिरामीको अपेक्षा बढिरहेको छ र डिजिटल माध्यमबाट जानकारी लिनु सामान्य भएको छ। यस्तो परिस्थितिमा प्रभावकारी मार्केटिङबिना कुनै पनि अस्पतालले आफ्नो सेवा जनतासम्म पुर्‍याउन सक्दैन। आज विश्वभर स्वास्थ्य क्षेत्रमा ३०% भन्दा बढी बिरामीहरूले अस्पताल रोज्दा अनलाइन समीक्षाको आधारमा निर्णय गर्ने गरेका छन्। नेपालमा पनि डिजिटल माध्यम र सामाजिक सञ्जालको प्रयोग बढेसँगै अस्पतालहरूले आफ्नो छवि र विश्वास निर्माण गर्न मार्केटिङलाई प्राथमिकतामा राख्न थालेका छन्।

बिरामीलाई सचेत र सजग बनाउने साधन

अस्पतालको मुख्य उद्देश्य उपचार मात्र होइन, बिरामीलाई समयमै सचेत गराउनु पनि हो। हेल्थकेयर मार्केटिङले गर्ने पहिलो महत्त्वपूर्ण काम भनेको बिरामीलाई सचेत र सजग बनाउनु हो। “उपचार भन्दा रोकथाम नै राम्रो” भन्ने भनाइलाई व्यवहारमा उतार्न अस्पतालहरूले सचेतनामूलक अभियान सञ्चालन गर्न थालेका छन्। विभिन्न स्वास्थ्य शिविर, रक्तचाप वा मधुमेह परीक्षण, क्यान्सर स्क्रिनिङ, पोषणबारे परामर्श र मानसिक स्वास्थ्य सचेतनामूलक कार्यक्रममार्फत बिरामीलाई जानकारी पुर्याउन सकिन्छ।

यस्ता अभियानले बिरामीलाई मात्र नभई सम्पूर्ण समुदायलाई सजग र सचेत बनाउन मद्दत गर्छ। विशेष गरी हृदय रोग, मधुमेह वा क्यान्सर जस्ता गम्भीर रोगहरू समयमै पत्ता लगाउन सके उपचार सजिलो हुन्छ भन्ने सन्देश प्रचार गर्न मार्केटिङ अत्यन्तै प्रभावकारी हुन्छ। वैज्ञानिक तथ्यांकले पनि देखाएको छ कि जीवनशैलीमा सानो सुधारले करिब ६० प्रतिशत गैर–संक्रामक रोगहरू रोकथाम गर्न सकिन्छ। यस्तो तथ्यलाई जनतासम्म पु¥याउनु भनेको अस्पतालको सामाजिक दायित्व मात्र होइन, समाजप्रतिको योगदान पनि हो।

विश्वास र प्रतिष्ठा निर्माण

विश्वास र प्रतिष्ठा निर्माण गर्नु अर्को महत्त्वपूर्ण पक्ष हो। बिरामीले कुन अस्पताल रोज्ने भन्ने निर्णय गर्दा विश्वास नै पहिलो आधार हुन्छ। बिरामीको उपचार अनुभव, चिकित्सकको दक्षता, आधुनिक प्रविधिको प्रयोग र अस्पतालले हासिल गरेका उपलब्धिहरूलाई प्रचारमार्फत समुदायमा पुर्‍याउँदा प्रतिष्ठा बलियो हुन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

जब अस्पतालले पारदर्शिता अपनाउँछ र बिरामीमैत्री दृष्टिकोणलाई प्राथमिकता दिन्छ, तब जनतामा स्वाभाविक रूपमा विश्वास पैदा हुन्छ। मार्केटिङ यस विश्वास निर्माणको माध्यम बनेर अस्पताललाई दीर्घकालीन सफलतामा पु¥याउँछ। वास्तवमा भन्नुपर्दा, विश्वास जित्ने अस्पताल नै बिरामीको पहिलो रोजाइ बन्ने सम्भावना बढी हुन्छ।

बिरामीसँगको सम्बन्ध बलियो बनाउने

आजका बिरामी उपचारपछि पनि अस्पतालसँग निरन्तर सम्पर्क चाहन्छन्। उनीहरू नियमित स्वास्थ्य जानकारी, पुनः परीक्षण, नयाँ सुविधा वा सेवाबारे अद्यावधिक पाउन चाहन्छन्। यसलाई सहज बनाउन अस्पतालहरूले न्यूजलेटर, एसएमएस सन्देश, हेल्थ एप्स र सामाजिक सञ्जालमार्फत जानकारी पुर्‍याउन थालेका छन्।

यसरी बिरामीसँग निरन्तर सम्पर्कमा रहँदा अस्पताल र बिरामीबीच आत्मीय सम्बन्ध कायम हुन्छ, जसलाई निष्ठा भनिन्छ। एक अध्ययनले देखाएको छ कि उपचारपछि पनि अस्पतालसँग निरन्तर सम्पर्क भएको खण्डमा करिब ८५ प्रतिशत बिरामी अर्को पटक पनि त्यही अस्पताल रोज्ने सम्भावना हुन्छ। यसरी निरन्तर सम्पर्क राख्नु केवल सन्देश पु¥याउने माध्यम मात्र नभई दीर्घकालीन सम्बन्ध र अस्पतालको स्थिरताको आधार हो।

अस्पतालको वृद्धि र दीगो भविष्य

अस्पतालको वृद्धि र दीगो भविष्य सुनिश्चित गर्न आधुनिक प्रविधि, उच्चस्तरीय सेवा र नयाँ विभाग विस्तार गर्न स्थिर बिरामी प्रवाह आवश्यक हुन्छ। यसका लागि मार्केटिङ प्रभावकारी साधन हो। नयाँ बिरामी आकर्षण गर्ने, चिकित्सक र स्वास्थ्यकर्मीहरूसँगको रेफरल नेटवर्कलाई मजबुत पार्ने, विशेष उपचार सेवा वा नयाँ विभागबारे जानकारी पु¥याउने कार्यमार्फत अस्पतालले आफ्नो उपस्थितिलाई मजबुत बनाउन सक्छ।

उदाहरणका लागि, कुनै अस्पतालले किड्नी ट्रान्सप्लान्ट, मुटु उपचार वा क्यान्सर व्यवस्थापनमा विशेषता राख्छ भने यसको जानकारी जनतासम्म समयमै पुग्नु अत्यन्तै आवश्यक हुन्छ। यसले बिरामीलाई सुविधा प्राप्त गराउँछ भने अर्को तर्फ अस्पताललाई प्रतिस्पर्धी बजारमा मजबुत बनाउँछ। दीर्घकालीन दृष्टिकोणले हेर्दा गुणस्तरीय उपचारसँगै प्रभावकारी प्रचारले मात्र अस्पताललाई टिकाउ सफलता दिलाउन सक्छ।

समुदायसँग सहकार्य र सामाजिक उत्तरदायित्व

अस्पताल समाजकै अभिन्न हिस्सा भएकाले समुदायसँग सहकार्य र सामाजिक उत्तरदायित्व पनि हेल्थकेयर मार्केटिङको प्रमुख पक्ष हो। निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, सरसफाइ अभियान, विद्यालयस्तरीय स्वास्थ्य शिक्षा वा महामारीका समयमा अग्रणी भूमिका खेल्ने अभ्यासले अस्पताललाई केवल उपचार केन्द्र मात्र नभई सामाजिक उत्तरदायी संस्था बनाउँछ।

जब यी गतिविधिहरूलाई प्रचारमार्फत प्रभावकारी ढङ्गले प्रस्तुत गरिन्छ, तब समुदायले अस्पताललाई अझ नजिकबाट अनुभव गर्न सक्छ। यसरी अस्पतालले आफ्नो सामाजिक छवि बलियो बनाएर समुदायसँग दीर्घकालीन सम्बन्ध कायम गर्न सक्छ।

डिजिटल युगसँग तालमेल

आजको डिजिटल युगमा अस्पतालहरूको भूमिका केवल उपचार केन्द्रमा सीमित छैन। बिरामीहरू अब उपचार खोज्दा केवल चिकित्सक वा अस्पतालको भौतिक उपस्थितिमा भर पर्दैनन्; उनीहरूले अनलाइन माध्यम, सामाजिक सञ्जाल, मोबाइल एप्स, वेबसाइट र अनलाइन समीक्षा मार्फत पनि अस्पतालको सेवा र गुणस्तरको मूल्याङ्कन गर्छन्।

डिजिटल प्लेटफर्ममार्फत अस्पतालले आफ्ना सेवाहरू, विशेषज्ञ चिकित्सक, नयाँ सुविधा र स्वास्थ्य सचेतनामूलक कार्यक्रमलाई व्यापक समुदायसम्म पु¥याउन सक्छ। यसले बिरामीलाई सजिलो पहुँच प्रदान गर्छ। उदाहरणका लागि, डिजिटल मार्केटिङमार्फत बिरामीले अनलाइन अपोइन्टमेन्ट बुक गर्न, विशेषज्ञ डाक्टरको समय तालिका हेर्न र टेलिमेडिसिन सेवा मार्फत घरमै बसेर परामर्श लिन सक्छन्।

यसले विशेषगरी टाढा रहेका बिरामी वा भौतिक रूपमा अस्पतालसम्म पुग्न सक्न नहुने व्यक्तिहरूलाई ठूलो सुविधा पु¥याउँछ। साथै, डिजिटल उपस्थितिले अस्पताललाई आफ्नो ब्रान्ड मजबुत बनाउन मद्दत गर्छ। वेबसाइट, फेसबुक, युट्युब, इन्स्टाग्राम र लिंक्डइन जस्ता प्लेटफर्ममा नियमित स्वास्थ्य सुझाव, अभियान, सफलता कथा र बिरामी अनुभव साझा गर्दा बिरामीमा आत्मीयता र विश्वास बढ्छ।

डिजिटल मार्केटिङमार्फत् अस्पतालले  केवल स्थानीय स्तरमा मात्रै होइन, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो पहुँच विस्तार गर्न सक्छ। अनुसन्धानले देखाएको छ कि करिब ७० प्रतिशत मानिसले अस्पताल वा चिकित्सकबारे जानकारी इन्टरनेटमै खोज्छन्। त्यसैले अस्पतालले डिजिटल रणनीतिलाई प्राथमिकता दिनु जरुरी छ। यसले बिरामीलाई जानकारी दिनु मात्र होइन, अस्पतालको प्रतिष्ठा निर्माण, दीर्घकालीन सम्बन्ध कायम राख्ने र नयाँ बिरामी आकर्षण गर्ने आधार पनि तयार गर्छ।

हेल्थकेयर मार्केटिङ : बिरामीलाई सजग बनाउने, विश्वास जित्ने र दीर्घकालीन नाता कायम गर्ने आधुनिक रणनीति

हेल्थकेयर मार्केटिङ कुनै विलासिता होइन, यो आजको समयमा अस्पतालका लागि रणनीतिक आवश्यकता हो। यसले बिरामीलाई स्वास्थ्यबारे सचेत गराउने, विश्वास निर्माण गर्ने, बिरामीसँग नजिक हुने, अस्पतालको प्रतिष्ठा बढाउने र दीर्घकालीन टिकाउपन सुनिश्चित गर्ने आधार तयार गर्छ।

गुणस्तरीय उपचारसँगै जब अस्पतालले प्रभावकारी मार्केटिङलाई जोड्छ, तब मात्र समाजमा सशक्त योगदान गर्न र बिरामीको पहिलो रोजाइ बन्न सक्षम हुन्छ।

लेखक मणिपाल शिक्षण अस्पतालमा मार्केटिङ प्रबन्धकको रूपमा कार्यरत छन्।

 

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  ०९:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दिउँसो १ बजे बोलाइएको प्रतिनिधि सभा बैठक
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित
काँग्रेस संसदीय दलका नेता तथा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता
सम्बन्धित सामग्री
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
ताजा समाचारसबै
दिउँसो १ बजे बोलाइएको प्रतिनिधि सभा बैठक मंगलबार, जेठ १९, २०८३
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित मंगलबार, जेठ १९, २०८३
काँग्रेस संसदीय दलका नेता तथा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता मंगलबार, जेठ १९, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय मंगलबार, जेठ १९, २०८३
नेपालले भारतको भूभाग मिचेको प्रधानमन्त्रीको भनाइमा सरकारले दियो प्रस्टीकरण मंगलबार, जेठ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
संसदमा अमर्यादित र आपत्तिजनक व्यवहार गरेको भन्दै छानबिन गर्न समिति गठन सोमबार, जेठ १८, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मंगलबार, जेठ १९, २०८३
काँग्रेस संसदीय दलका नेता तथा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता मंगलबार, जेठ १९, २०८३
रास्वपा सभापति रवि लामिछाने आज पाँचदिने भारत भ्रमणमा जाँदै सोमबार, जेठ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्