• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २८, २०८३ Sun, Sep 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

धारा फुटेको गाउँ र हाम्रो स्वास्थ्य: जनस्वास्थ्य नै राष्ट्रिय सम्पत्ति

64x64
नेपाल लाइभ शनिबार, साउन ३१, २०८२  १२:२३
1140x725

स्वास्थ्य सेवा भनेको केवल अस्पताल र उपचारसम्म सीमित होइन। रोग आउनु अघि नै रोकथाम गर्नु नै साँचो स्वास्थ्य सुरक्षा हो। नेपालजस्तो विकासोन्मुख देशमा, जहाँ स्रोत सीमित छन्, यदि जनस्वास्थ्य र रोकथाम सेवामा लगानी नगर्ने हो भने, हामी दीर्घकालीन विकास र समृद्धिको बाटोबाट टाढिँदै जानेछौं। रोगको जोखिम घटाउन र स्वस्थ समाज निर्माण गर्न हामी सबैले समन्वय र प्रतिबद्धताका साथ अघि बढ्न आवश्यक छ। यही सोच र क्रियाशीलताले मात्र नेपाललाई सशक्त, समावेशी र दिगो स्वास्थ्य प्रणालीको दिशामा अगाडि बढाउन सक्छ।

धारा फुटेको गाउँ

एक गाउँमा पानीको मुख्य धारा अचानक फुट्यो। पानी गाउँभरि बग्न थाल्यो।

गाउँका केही ज्ञानीहरू भेला भए। एउटा गाउँले डाक्टर दङ्ग पर्दै भन्यो,
"यो त राम्रो भयो! अब त ‘फोकाहुने’, ‘पानीमा बगरे हुनसक्ने समस्याका' बिरामीहरू धेरै आउनेछन्। अस्पतालमा काम बढ्नेछ, हाम्रो सेवाको मूल्य बढ्नेछ।"

अर्का व्यापारी हाँस्दै बोले, "म त काठका डुङ्गा बेच्छु, तेस्रो दिनमै धनी हुन्छु!"

त्यस बेलासम्म गाउँको एउटै बुढी आमा, जसले वर्षौं अघि गाउँमा हात धुने, सफा खानेपानी र रोग रोकथामको कुरा सिकाएकी थिइन्, चुपचाप एउटा बाल्टिन र कपडा लिएर धारा मर्मत गर्न गइन्।

गाउँका युवाहरूले सोधे, "आमा, किन यस्तो हतारमा धारा मर्मत गर्दै हुनुहुन्छ? बिरामी बढे भने त अस्पतालले उपचार गर्छ नि!"

आमाले मुस्कुराउँदै भनिन्, "म त रोग आउनै नदिने पक्षमा छु, किनकि बिरामी निको पार्नु भन्दा बिरामी नै नपार्नु सजिलो र सस्तो हो। अस्पताललाई काम दिनु राम्रो, तर गाउँलाई रोग दिनु मूर्खता हो।"

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि मात्र गाउँलेहरूले बुझे—

"धारा फुटेको बेला डुङ्गा बनाउनेभन्दा धारा बन्द गर्ने मानिस नै साँचो नायक हो।
त्यसैगरी हाम्रो स्वास्थ्य प्रणालीमा पनि नायक भनेको जनस्वास्थ्य नै हो।"

जनस्वास्थ्य र निवारक स्वास्थ्य  सेवाको महत्त्व बुझ्न गाह्रो छैन।

नेपालले दशकौँदेखि स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ- १९५६ सालको मलेरिया उन्मूलन कार्यक्रमदेखि महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम, स्वास्थ्य चौकी विस्तार, र संविधान २०७२ मार्फत स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गर्नेसम्म। यी सबै उपलब्धिका केन्द्रमा जनस्वास्थ्य नै थियो, जसले रोग आउनु अघि नै रोक्ने, समुदायलाई सचेत पार्ने, र दीर्घकालीन स्वास्थ्य सुरक्षाको ढाल बन्यो।

तर अहिले केही नीति–निर्माता र सरोकारवालाहरू "स्वास्थ्य भनेको अस्पताल र उपचार मात्र हो" भन्ने संकुचित दृष्टिकोणमा अडिएका देखिन्छन्। यो सोच खतरनाक मात्र होइन, आर्थिक दृष्टिले पनि अल्पदृष्टि हो। अस्पतालले रोग निको पार्छ, तर जनस्वास्थ्यले रोग हुनै दिँदैन।

विश्वस्तरका तथ्यहरूले देखाउँछन्—

जनस्वास्थ्यमा गरिएको लगानीले १४ देखि २७ गुणासम्म प्रतिफल दिन्छ।

खोपमा गरिएको प्रत्येक १ रुपैयाँ खर्चले २१ रुपैयाँ उपचार खर्च बचत र ५४ रुपैयाँ उत्पादनशीलता वृद्धि ल्याउँछ।

कार्यस्थल स्वास्थ्य प्रवर्द्धन कार्यक्रममा प्रत्येक १ डलरको लगानीबाट ३ डलर उपचार खर्च बचत र ५.८२ डलर अनुपस्थितिमा कमी हुन्छ।

नेपालको वर्तमान अवस्था हेर्दा—

कुल बजेटको ४.९% र जीडीपीको ०.१६% मात्र स्वास्थ्यमा खर्च हुन्छ, जसको सरकारी अंश २% भन्दा कम छ।

स्वास्थ्य खर्चको ५५–६०% परिवारकै खल्तीबाट निस्कन्छ, जुन डब्लुएचओको सिफारिस (१५–२०%) भन्दा धेरै बढी हो।

मृत्युको ७१% कारण असंक्रामक रोग (जस्तै मुटु रोग, मधुमेह, क्यान्सर) हुन्, जुन धेरै हदसम्म रोकथाम योग्य छन्।

महत्त्वपूर्ण प्रश्नहरू

के जनस्वास्थ्य बिना हामी कोभिड–१९ जस्तो महामारी नियन्त्रण गर्न सक्थ्यौँ?

के जनस्वास्थ्यको सक्रिय ट्र्याकिङ, क्वारेन्टिन, र स्वास्थ्य शिक्षा बिना अस्पतालहरूले बिरामीहरूको भार सम्हाल्न सक्थे?

कोलराको महामारीमा सफा पानी र हातधुने अभ्यास नहुँदा के संक्रमित दर यति छिटो घट्थ्यो?

बाढीपछिको सरसफाइ र संक्रमण नियन्त्रण नगरेको भए स्वास्थ्य अवस्था कस्तो हुन्थ्यो?

के असंक्रामक रोगहरू नियन्त्रणमा जनस्वास्थ्य कार्यक्रम बिना दीर्घकालीन सफलता सम्भव छ?

के बाल र मातृ मृत्यु दर घटाउन खोप र पोषण कार्यक्रम बिना सम्भव हुन्थ्यो?

यी ऐतिहासिक अनुभवहरूले स्पष्ट देखाउँछन्—जनस्वास्थ्य प्रणालीको सशक्तीकरणले नै आपतकालीन अवस्थाहरूमा देशलाई बचाएको छ।

विश्वका आवाजहरू

डब्लुएचओका महानिर्देशक डा. टेड्रोस — “रोकथाम नै उत्कृष्ट लगानी हो।”

जनस्वास्थ्य विज्ञ फ्रान्कलिन ह्वाइट — “स्वास्थ्य मुख्यतया घर, समुदाय, र कार्यस्थलमै निर्माण हुन्छ… बिरामीको सानो अंश मात्र अस्पतालमा निको पार्न सकिन्छ।”

महामारी विज्ञ ज्योफ्री रोज — “जनसंख्या स्तरमा सानो मात्र जोखिम घटाइए पनि, उच्च जोखिम भएका केहीलाई मात्र उपचार गर्ने भन्दा धेरै रोग रोकथाम गर्न सकिन्छ।”

बेंजामिन फ्र्याङ्कलिन — “थोरै रोकथाम एक पाउन्ड उपचार बराबर हुन्छ।”

नेपाल संघीयतामा प्रवेश गरेपछि सम्भावना अपार छ, तर लगानी, दृष्टिकोण र प्रतिबद्धता बिना सम्भावना विफल हुन्छ।

यस कारण—

स्वास्थ्य बजेटको न्यूनतम १०% जनस्वास्थ्यमा सुनिश्चित हुनुपर्छ।

नीति निर्माणमा जनस्वास्थ्यको आवाज सशक्त हुनुपर्छ।

सार्वजनिक धारणा परिवर्तन गरेर स्वास्थ्य भनेको उपचार मात्र होइन, रोकथाम हो भन्ने बुझाउनुपर्छ।

यो मौन बस्ने समय होइन। आज हामी मौन बस्यौं भने जनस्वास्थ्य मात्र कमजोर हुने होइन, पुरै मेटिने खतरा छ।
आजैदेखि सबै जनस्वास्थ्यकर्मी एकजुट भई प्रमाण र तथ्यांकसहित नीति निर्माणमा संवाद गर्न, मिडियामा प्रभावकारी सन्देश पुर्याउन, र समुदायस्तरमा रोकथाम कार्यक्रम विस्तार गर्न आवश्यक छ।

जनस्वास्थ्यमा लगानी गर्नु केवल नैतिक दायित्व मात्र होइन—यो राष्ट्रको दीर्घकालीन समृद्धि र स्थायित्वका लागि अपरिहार्य रणनीति हो। एक सुदृढ जनस्वास्थ्य प्रणालीले रोगको रोकथाम, स्वास्थ्यमा समानता, र समयमै हस्तक्षेपलाई सुनिश्चित गर्छ, जसले दीर्घकालमा स्वास्थ्य प्रणालीमाथिको बोझ घटाउँछ र सरकारी खर्च बचत गर्छ।

जनस्वास्थ्य कार्यक्रमहरूले सरसफाइको अभाव, कुपोषण, प्रदूषण, र स्वास्थ्य शिक्षा नहुँदा हुने रोगका मूल कारणलाई सम्बोधन गर्दै दिगो विकास लक्ष्यहरू (SDGs) जस्तै सबैका लागि राम्रो स्वास्थ्य र जीवनस्तर, असमानता न्यूनीकरण, र दिगो समुदाय निर्माणमा महत्वपूर्ण योगदान दिन्छन्।

स्वस्थ जनसंख्या बढी उत्पादक हुन्छ, कम उपचारमा निर्भर हुन्छ, र आर्थिक वृद्धिका लागि सक्षम हुन्छ। दीर्घकालमा, प्रभावकारी जनस्वास्थ्य रणनीतिले न केवल जीवनस्तर सुधार गर्छ, तर रोग प्रकोप, श्रमशक्ति ह्रास, र स्वास्थ्य खर्च वृद्धिजस्ता संकटबाट राष्ट्रको अर्थतन्त्रलाई पनि जोगाउँछ।

प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  १२:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग
पहलगाम आतंकवादी हमलाको ब्रिक्सद्वारा निन्दा, आतंकवादको वित्तपोषण र आश्रयविरुद्ध सामूहिक कारबाहीमा जोड
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
सम्बन्धित सामग्री
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति पुरातत्वविद झा सम्झन्छन्–इजोतको कति अंक प्रकाशन हुन सक्यो त्यसको यकिन गर्न सकिँदेन । तर जे जति प्रकाशन भयो त्यसले मैथिली पत्रकारिता... शनिबार, भदौ २७, २०८३
विपत्तिको पीडाले फिक्का बनाएको तीज तीज आउनुअघि नै बजारमा रातो सारी, हरिया चुरा–पोते र गरगहनाको चहलपहल बढ्छ । टोल–टोलमा तीजका गीत घन्किन थाल्छन् । दिदीबहिनीहरू भेटघाट ग... शनिबार, भदौ २७, २०८३
बुवा : आफ्ना सपना थाती राख्ने नायक आमाको माया प्रायः शब्दमा सुनिन्छ, बुवाको माया भने जिम्मेवारीका रूपमा देखिन्छ । बिहान सबेरै उठेर काममा निस्कँदा होस् वा रात अबेरसम्म... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग शनिबार, भदौ २७, २०८३
पहलगाम आतंकवादी हमलाको ब्रिक्सद्वारा निन्दा, आतंकवादको वित्तपोषण र आश्रयविरुद्ध सामूहिक कारबाहीमा जोड शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
ब्रिक्स शिखर सम्मेलन : ‘नयाँ दिल्ली घोषणा २०२६’ सर्वसम्मत पारित शनिबार, भदौ २७, २०८३
कार्यक्रमस्थलबाटै किन पक्राउ परे राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियार*? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्