• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

किन दुख्छ बच्चालाई पेट?

डा विनिता गुरुवाचार्य शनिबार, साउन १०, २०८२  १०:०८
1140x725

काठमाडौं– बच्चाहरुको पेट दुखाइ हरेक आमाबुबाको चिन्ताको कारण बनेको हुन्छ।बच्चाको पेट दुखाइलाई हामी तीन भागमा विभाजन गर्न सक्छौं। एउटा सामान्य खालको दुखाइ हो, जसको निदान पनि छिटो हुन्छ। दोस्रो खालको समस्यामा इमर्जेन्सी रुपमा अस्पताल पुर्‍याउनुपर्ने हुन्छ भने तेस्रो खालको समस्या दीर्घकालीन हुन्छन्, जसका लागि लामो समय औषधि सेवन गर्नुपर्ने हुन्छ। 

बालबालिकाहरुमा पनि नवजात शिशु तथा १ देखि ३ वर्षका र स्कुल जाने उमेरका बच्चाहरुमा देखिने लक्षणलाई फरक रुपमा हेर्न सकिन्छ। 

नवजात शिशुहरुमा पाचन प्रणालीको राम्रोसँग विकास भएको हुँदैन, जसले गर्दा मांसपेशीको राम्रोसँग समन्वय भएको हुँदैन र आन्द्राहरुमा मसल्स स्माजम (Muscles Smasm) भइरहेको हुन्छ। त्यसबाहेक पेटमा धेरै ग्यास बन्दा पनि बच्चालाई पेट दुख्ने हुन्छ। बच्चाले स्तनपान गर्दा स्तनको मुन्टो (निप्पल) मात्र चुसिरहेको छ भने ग्यास बढी गएर पेट दुख्ने हुन्छ।  

त्योबाहेक वातावरण परिवर्तन भएको (धेरै जाडो या धेरै गर्मी), घरमा धेरै भीडभाड तथा बढी हल्ला भएको अवस्थामा पनि बच्चाले रोएर प्रतिक्रिया दिन सक्छन्। साँझमा रुन्छन् भने काँधमा लिएर मसाज गरिदिँदा ग्यास निस्कन्छ र उनीहरुलाई सञ्चो हुन्छ। 

यस्तै, १ देखि ३ वर्षका र स्कुल जाने उमेरका बालबालिकामा पेटको संक्रमण भयो भने पनि पेट दुख्छ। खासगरी यस्तो संक्रमण ‘एच पाइलोरी’ भन्ने किटाणुले हुन्छ। यसबाहेक चिल्लो, पिरो, बाहिरको जंकफुड तथा रंगयुक्त खाना खाँदा र दुखाइ कम गर्ने औषधि खाँदा पनि ग्यास्ट्राइटिस हुन्छ र पेट दुख्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

बच्चालाई बढी हुने समस्या कब्जियत पनि हो। नियमित शौचालय जाने बानी नभएको, दिसा रोकेर राख्ने बालबालिकामा कब्जियत हुन्छ। सामान्यतः हप्तामा तीन पटकभन्दा कम दिसा भएको, दिसा कडा या सुख्खा भएको अवस्थालाई कब्जियत मानिन्छ। धेरैजस्तो बच्चामा गेम खेलेर बसेको अवस्थामा, वातावरण परिवर्तन भएमा या नयाँ ठाउँमा जाँदा दिसा रोकेर राख्ने बानीले पनि कब्जियत भइरहेको हुन्छ। यस्तै, जंकफुड बढी खाने, दूध बढी सेवन गर्ने र सागसब्जी कम खानेमा पनि कब्जियत देखापर्छ। 

त्यसैले चौबिस घण्टाभन्दा बढी समयसम्म पेट दुखेको छ, दुखाईले निद्रा बिग्रेको छ, ज्वरो आएको छ, पानीको कमी महसुस भएको छ, केही खाइरहेको छैन, बान्ता भएको छ या रगत मिसिएको बान्ता गरेको छ भने अस्पताल लैजानुपर्छ। यसबाहेक दुखाइसँगै बच्च्चाले राम्रोसँग खाइरहेको छैन, तौल घटेको छ, मस्तिष्कको राम्रोसँग विकास भइरहको छैन भने अस्पताल लैजानुपर्छ। 

यस्तै बच्चाहरुमा ग्लुटेन एलर्जी पनि हुन्छ। यो भनेको, गहुँ–जौमा हुने ग्लुेटन अर्थात् प्रोटिन खाँदा एलर्जी भएर पेट दुख्ने हो। सँगै, दिसा पातलो हुने र तौल नबढ्ने हुन्छ। बच्चालाई प्रायजस्तो ६ महिनापछि ठोस खाना खुवाइन्छ। गहुँ मिसिएको खाना खुवाइएको छ भने यस्तो लक्षण देखा पर्न सक्छ। 

Xtrem
Xtrem

बालबालिकालाई हुने अर्को समस्या ‘इन्फ्लेमेट्री बाउल डिजिज’ पनि हो। योे शरीरको प्रतिरोधी प्रणालीले आन्द्राविरुद्ध प्रतिरोधी प्रणाली बनाउने र आन्द्रालाई आक्रमण गर्ने अवस्था हो। सानो र ठूलो दुवै आन्द्रा सुन्निएको हुने यो अवस्थामा पेट दुखाइसँगै दिसामा रगत जाने,र्‍यालजस्तो दिसा जाने, तौल नबढ्ने, रगतको कमी हुनेजस्ता लक्षण देखापर्छ। यस्तो समस्या देखिँदा पनि अस्पताल जानुपर्छ। 

(डा. विनिता नर्भिक अस्पतालका कन्सल्ट्यान्ट पेडियाट्रिक ग्यास्ट्रोइन्टेरोलोजिस्ट हुनुहुन्छ।)

प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  १०:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ?
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी
सम्बन्धित सामग्री
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार सम्भव छ : डा. झा नेपालमा क्यान्सरको जोखिम न्यूनीकरणका लागि नियमित स्वास्थ्य परीक्षण तथा क्यान्सर स्क्रिनिङलाई प्राथमिकता दिनुपर्ने काठमाडौं क्यान्सर... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्