• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'एनआरएनहरुले देखिनेगरी लगानी भित्र्याउनु ठूलो उपलब्धि हो'

64x64
नेपाल लाइभ शनिबार, असोज २८, २०७४  ०६:२९
1140x725

गैरआवासीय नेपाली संघ (एनआरएन) संस्थापक सदस्य तर अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्वअध्यक्ष जीवा लामिछाने यतिबेला संघको आठौं सम्मेलनका लागि काठमाडौंमा छन्। एनआरएनको प्रमुख संरक्षकसमेत रहेका लामिछानेसँग नेपाल लाइभका फणीन्द्र संगमले संस्था स्थापनाको उद्देश्य, उपलब्धि लगायतका विषयमा संक्षिप्त कुरा गरेका छन्।

एनआरएन स्थापनाको १४ वर्षलाई कसरी हेर्नुभएको छ? 

हामीले अभियानको रुपमा सन् २००३ मा संस्थाको सुरुवात गरेका थियौं। विदेशमा रहेका नेपालीहरुको जुन सीमित स्रोत र साधन छ त्यसलाई नेपालको समग्र विकास र सामाजिक क्षेत्रमा योगदान पुर्यााउन सकिन्छ भनेर नै हामीले संस्था जरुरी ठान्यौं।

नेपाल सरकार र सम्बन्धित निकायसम्म संगठित आवाज उठाउनु पनि हो। सबै नेपालीलाई संगठनको माध्यमबाट गोलबद्ध गर्न सकियो भने त्यो सम्भव होला भन्ने हामीलाई लागेको थियो। १४ वर्षअघि रोपेको सानो बिरुवा फैलिएर आज विश्वका ७७ देशमा पुगेको छ। यसले संसारभर छरिएर रहेका नेपालभन्दा बाहिर बस्ने नेपालीलाई संगठनको छातामुनि ल्याएको छ। यो आफैंमा उपलब्धि हो। 

देखिनेगरी कस्ता उपलब्धि भए? संक्षेपमा भनिदिनुस् न।

संस्थाको प्रभावकारी विस्तारको उपलब्धि एउटा पाटो भयो तर हाम्रा केही उद्देश्य पूरा भएका छन्। नेपालमा सामाजिक स्तरमा केही योगदान भएका छन्। अहिले देखिनेगरी ठूला लगानी हुनु ठूलो उपलब्धि हो। ससाना प्रोजेक्ट त हामीले पहिलेदेखि नै सुरुवात गरिरहेका थियौं। अहिले सीमित व्यक्तिबाट नै ठूला प्रोजेक्टहरु भित्र्याउने चलन सुरु भएको छ। पछिल्लो समय व्यक्तिगत लगानी गर्न सक्ने हैसियत भएकाहरुले सानो पुँजीलाई एकत्रित गरी लगानीतिर आकर्षित गरिरहेका छन्। यस्ता साथीहरुको समूह बढिरहेको छ। जुनजुन उद्देश्यका साथ हामी हिँडिरहेका थियौं, त्यो सही बाटो रहेछ भन्ने मैले महसुस गरेको छु।

सामूहिक र व्यक्तिगत रुपमा अहिलेसम्म कति लगानी नेपाल भित्रियो होला?

राष्ट्रिय आयोजनामा धेरै ठूलो लगानी गर्ने हैसियत अहिले नै गैरआवासीय नेपालीको भइसकेको छैन। यसका लागि कानुनको सहजता अर्को पाटो भयो।

Ncell 2
Ncell 2
nimb
nimb

कति भित्रियो भन्नलाई त्यो डाटा हामीसँग उपलब्ध भइसकेको छैन। नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले २०१४ को डिसेम्बरसम्म एउटा रिपोर्ट तयार पारेको थियो। हामीले नै उहाँहरुलाई आधिकारिक रुपमा रिपोर्टका लागि जिम्मा लगाएका थियौं। एक वर्ष लगाएर ९ वटा जिल्लामा अध्ययन गर्दा विभिन्न सेक्टरमा साढे २९ अर्ब लगानी भएको रहेछ। यो सानो रकम त होइन। यसबाट प्रत्यक्ष रुपमा धेरै जनालाई रोजगारी सिर्जना भएको छ।  

एनआरएन सुरु गर्दा तपाईंहरुले सरकारसँग केही मागहरु राख्नुभएको थियो नि, तिनले कति पूर्णता पाए?

मागभन्दा पनि ती मुद्दाका रुपमा हामीले अगाडि बढाएका थियौं। सबै त पूरा भएका छैनन् तर पनि आंशिक रुपमा उलपब्धि भएको छ। गैरआवासीय नेपालीको परिभाषा, लगानीसँग जोडिएका जटिलता आदिका मुद्दा पनि थिए सुरुमा। ऐनकानुन स्पष्ट थिएन। हामीले के भन्यौ भनेँ 'एक पटकको नेपाली सधैं नेपाली'। कुनै पनि नेपालीले स्वेच्छाले आफ्नो नागरिकता नछोडेको अवस्थामा उसको जन्मसिद्ध अधिकार खारेज हुनुहुन्न। त्यो आंशिक रुपमा पूरा भएको छ। संविधानमा गैरआवासीय नेपालीलाई पनि नेपालको सामाजिक, सांस्कृतिक, आर्थिक अधिकार सहितको नागरिकता दिइनेछ भनेर सम्बोधन गरिनुलाई पनि हामीले उपलब्धिका रुपमा मानेका छौं।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

धेरै कुरा कार्यान्वयनमा आउन त बाँकी नै छ। कतिपय कानुन बन्नुपर्नेछ। त्यसमा हामीले उठाएका अरु मुद्दा समेटिएर आउलान् भन्ने अपेक्षा राखेका छौं।

नेपाली जहाँ बसेका छन्, त्यहीँबाट 'भोटिङ राइट्स' पाउनुपर्छ भनेर बेलाबेला कुरा उठ्ने गरेको छ। तपाईं जस्तो नेतृत्व तहका व्यक्तिबाट निर्वाचन आयोगसँग कसरी समन्वय भइरहेको छ? 

म अध्यक्ष हुँदाखेरी नै गैरआवासीय नेपाली संघ र निर्वाचन आयोगसँग मिलेर एउटा 'फिल्ड भिजिट स्टडी'को रिपोर्ट तयार गरेका थियौं। त्यो चाहिँ विदेशमा बस्ने नेपालीको हकमा मात्रै हो। कन्फ्युजन हुनुहुन्न- सबै एनआरएन होइनन्। एनआरएन दुई खालको हुन्छ। विदेशमा बसेको नेपाली नागरिक र नेपाली मूलको विदेशी नागरिक (नेपाली नागरिक छोडेर विदेशी नागरिकता लिएको)। 

'भोटिङ राइट्स' हरेक नागरिकको अधिकार हो। त्यसलाई सहज बनाउनु राज्यको कर्त्तव्य हो। अरु देशका नागरिकलाई त्यहाँको दूतावासमार्फत भोटिङ सुविधा छ। तर हामीकहाँ अहिलेसम्म भएन भनेर किन सुरुवात नगर्ने? अरु देशले कसरी लागू गरेको छ भनेर बुझ्न हामीले १४ देशको प्रक्रिया बुझेर रिपोर्ट बनाएका थियौं। तर ठूलो समस्या चाहिँ खर्च नै रहेछ। पहिलो चरणमा हामीले आयोगलाई के सुझाएका थियौं भने- जहाँजहाँ विदेशी नियोग छन्, त्यहाँ १५/२० दिनका मतदाता परिचयपत्रका लागि आवेदन खुलाउने। यसो भयो भने कोही पनि नेपाल आएको बेला मताधिकारबाट वञ्चित हुनुपरेन। यो काम भयो भने एउटा प्रक्रियाको त पक्कै सुरुवात हुनेछ। 

प्रकाशित मिति: शनिबार, असोज २८, २०७४  ०६:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्