काठमाडौं – संसद्मा सांसद माया राई पक्राउ परेको सूचना सुनाएको छ।
सहकारी ठगीमा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएर फरार रहेकी सांसद राई शनिबार पक्राउ परेकी थिइन्।
उक्त सूचना आइतबार प्रतिनिधि सभाको बैठकमा सुनाइएको हो।
सांसद पक्राउ परेपछि संसद्लाई जानकारी गराउनुपर्ने व्यवस्था प्रतिनिधि सभा नियमावलीको नियम २४८ मा छ। कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनुपर्ने व्यवस्था नियमावलीको नियम २४८ को उपनियम १ मा छ।
यसअनुसार आइतबार प्रतिनिधि सभामा राई पक्राउ परेको सूचना सुनाइएको हो।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।