काठमाडौँ–काठमाडौँमा जारी शिक्षकहरूको आन्दोलनमा आइतबार घम्साघम्सी भएको छ।
यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग घम्साघम्सी भएको हो।
-1745737327.png)
-1745737141.png)
शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पनि बल प्रयोग गरेको थियो। बल प्रयोगपछि शिक्षकहरूले पनि ढुंगामुढा गर्न थालेका थिए। प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहोरासमेत प्रयोग गरेको छ। शिक्षकहरूले शनिबार पनि केही समय निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए। उक्त कारणले आन्दोलन अशान्त बनेको छ ।
-1745737129.png)
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यबाट गरिएको यो अन्तिम र निर्णायक आन्दोलन भएको महासंघको भनाई छ।
महासंघले गत वर्षको चैत २० गतेदेखि काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलन गरिरहेको छ।
-1745737129.png)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।