काठमाडौं – रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले कोपा डेल रे कपको उपाधि जितेको छ । आइतबार बिहान भएको फाइनलमा बार्सिलोनाले अतिरिक्त समयमा ३–२ को अन्तरले हराएको हो ।
अतिरिक्त समय सकिन चार मिनेट बाँकी रहँदा बार्सिलोनाका लागि जुलोस कुन्डेले गोल गरे । यसअघि ८४ औँ मिनेटसम्म २–१ ले पछि परेको बार्सिलोनालाई खेलमा फर्काउने क्रममा फेरान टोरेसले गोल गरेका थिए । लामिन यमालले दिएको पासमा उनले गोल गरेका थिए ।
२८ औँ मिनेटमा पेड्रीको सानदार गोलमा बार्सिलोना अघि बढेको थियो । संसारका दुई शक्तिशाली दुई टोलीको खेल तनावमय थियो । खेलमा केलिएन एम्बाप्पेले फ्रिकिकमा गोल गर्दै रियललाई खेलमा फर्काएका थिए । त्यसको सात मिनेटपछि नै एसियल थाउचेमेनीले रियलका लागि गोल गरेका थिए । इन्जुरी समयमा बार्सिलोनाले नाटकीय जित निकाल्दै उपाधि जितेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।