काठमाडौं –सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता बिनानिष्कर्ष सकिएको छ । शनिबार बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्ता फेरि छलफल गर्ने निर्णयसहित सकिएको नेपाल राष्ट्रिय शिक्षक महासंघका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले जानकारी दिए ।
उनका अनुसार अर्को छलफलको समय भने तोकिएको छैन । ‘आन्दोलनका क्रममा हामीले उठाएका मागका विषयमा शिक्षा मन्त्रीजीसँग छलफल भयो । फेरि फेरि बसेर संवाद गर्ने निर्णय भएको छ,’ उनले भने, ‘छलफल र संवादलाई निरन्तरता दिने निर्णय भएको छ । कहिले बस्ने भन्ने टुंगो भएको छैन ।’
शुक्रबार दिउँसो तीन तीन बजे बस्ने भनिएको वार्ता भाँडिएपछि आज बसेको थियो । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्ताबाटै समाधान खोज्न शिक्षकहरूलाई वार्तामा बोलाएका थिए ।
यसअघि बिहीबार सर्वोच्च अदालतले विद्यार्थीको पठनपाठन सञ्चालन गर्ने गरी तीनभित्र शिक्षकका माग सम्बोधन गर्न आदेश दिएको थियो । अध्यक्ष सुवेदीले अग्रगामी विध्यालय शिक्षा ऐन जारी गराउनु नै आन्दोलनको अडान भएको र त्यो नहुञ्जेल आन्दोलन निरन्तर रहने बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।