• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

लेखक लाठको गैरआख्यान ‘सीमान्त सम्झना’ प्रकाशित

64x64
नेपाल लाइभ आइतबार, चैत ३१, २०८१  ११:१६
1140x725

काठमाडौँ –आख्यानकार गणेशप्रसाद लाठ अब गैरआख्यानकारका रुपमा उदाएका छन् । यसअघि चारवटा उपन्यास लेखिसकेका उनले ‘सीमान्त सम्झना’ नामक संस्मरण पुस्तक लेखेका हुन् । शनिबार कालिकास्थानस्थित नेपालयको आरसालामा सीमान्त सम्झना पुस्तक लोकार्पण गरिएको छ । पब्लिकेसन नेपालयको सार्वजनिकीकरण शैलीअनुरुप हलमा उपस्थितमध्येबाट कसैलाई लेखकले पुस्तक उपहार दिएपछि पुस्तक लोकार्पण गरिन्छ ।

‘पुस्तक कसलाई उपहार दिन चाहनुहुन्छ’ भन्ने उद्घोषकको प्रश्नमा लेखक लाठले भने, ‘हाम्रो मधेसको नयाँ अध्येता अदिती साह र लेखक मोहन मैनालीलाई उपहार दिन चाहन्छु ।’

यसरी एलएलबी चौथो सेमेस्टर अध्ययनरत अदिती साह र गत वर्ष मदन पुरस्कारप्राप्त कृति ‘मुकाम रणमैदान’का लेखक मोहन मैनालीका साथै पुस्तकका टिप्पणीकार यादव देवकोटासहित लेखक लाठले पुस्तक लोकार्पण गरे ।
लोकार्पित पुस्तक ‘सीमान्त सम्झना’बारे लेखक यादव देवकोटाले टिप्पणी गरे । इतिहास र संस्कृति विषयमा कलम चलाउँदै आएका टिप्पणीकार यादव देवकोटाले भने, ‘म सहरमा आलोचक यदाकदा निन्दकका रुपमा चिनिन्छु तर म आज यही‘बाट एकमुष्ट रुपमा भन्न चाहन्छु– ‘सीमान्त सम्झना’जस्ता राम्रा पुस्तक लेखे सारा मानिस धुइरिएर नराम्रो छ भन् भने पनि म यो पुस्तक ज्ञानवर्धक र पठनीय छ भन्छु ।’
 
वीरगन्जकै अर्का लेखक धच गोतामेको उपन्यास ‘घामका पाइलाहरु’बाट आफ्नो मन्तव्य सुरु गरेका देवकोटाले ‘सीमान्त सम्झना’ले सरदार भीमबहादुर पाँडेले लेखेको ‘त्यस बखतको नेपाल’कै स्तरमा वीरगन्ज सहरको सामाजिक, आर्थिक इतिहास लिपिबद्ध गरेको बताए । उनले भने, ‘त्यस बखतको वीरगन्ज बुझ्न यो पुस्तक पढ्नैपर्छ ।’

‘सीमान्त सम्झना’ पुस्तक कोरा कल्पनामा आधारित नभएको र आत्मश्लाघाबाट पनि मुक्त रहेको देवकोटाले टिप्पणी गरे । उनले भने, ‘सयौँ व्यक्तिसित कुराकानी गरेर लेखिएको, दर्जनौँ पुस्तक, लेखरचना उद्धृत गरी लेखिएको अनि दुर्लभ फोटोहरु पनि यहाँ प्रस्तुत गरिएको हुँदा सीमान्त सम्झना  अनुसन्धानमूलक खजाना हो ।’

संयोगले आफू गोरखाकै भएको तर गोर्खाली राष्ट्रवादले गणेशप्रसाद लाठजस्ता लेखकलाई लेखकका रुपमा स्वीकार गर्न कन्जुस्याइँ गर्ने गरेको पनि उनले बताए । पुस्तकमाथि टिप्पणी गर्दै देवकोटाले भने, ‘एकेडेमीहरुले छाप्नुपर्ने किताब नेपालयले छापेकामा बधाइ छ ।’
पुस्तकका लेखक गणेशप्रसाद लाठ वीरगन्जमा बस्छन् । ‘क्षमादान’ उपन्याससहित यसअघि उनका चार पुस्तक प्रकाशित छन् । लाठ आध्यात्मिक साधक पनि हुन् ।

Ncell 2
Ncell 2
nimb
nimb

आफूहरुले ‘सीमान्त सम्झना’मा साहित्यको रसिलो शैली र गैरसाहित्यको शोध शैली संयुक्त रुपमा भेटेको हुँदा पुस्तक प्रकाशन गरेको पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्यले बताए । ‘सीमान्त सम्झना शोधपत्र र सोचपत्र दुवै हो,’ सम्पादक आचार्यले भने, ‘लेखक गणेशप्रसाद लाठ एक जनाको मात्र नभएर पुस्तकमा धेरै जनाको भोगाइ समेटिएको छ, त्यसैले यो पुस्तक सामूहिक स्मृतिपुञ्ज र लोकइतिहास हो । सन्दर्भसामग्री, अनुसूची, कुराकानीसूची र तस्बिरसूचीले पुस्तक संग्रहणीय बनेको छ ।’
‘सीमान्त सम्झना’ले वीरगन्जको माटोमा आधुनिकताको बाटोको इतिहास बताउने बताउँदै आचार्यले भने, ‘देशका हर परिवेशको इतिहास नआई देशको इतिहास पूरा हुँदैन ।’

लेखक गणेशप्रसाद लाठले भने, ‘कसैले पढोस्, नपढोस्, छापोस्, नछापोस् तर लेखिरहन्छु म ।’ हावाहुरी र पानीको बीच पनि आएर हलमा खचाखच भरिएका दर्शकदीर्घातिर हेर्दै उनले भने, ‘काठमाडौँले यसपालि मलाई बेग्लै माया र ऊर्जा दिएको छ ।’

हरेक अंग्रेजी महिनाको दोस्रो शनिबार आरसालामा पुस्तक लोकार्पण गर्दै आएको नेपालयले सन् २०२५ भरिका लागि पुस्तक लोकार्पण क्यालेन्डर तयार पारिसकेको कार्यक्रममा जानकारी दिइयो ।

Xtrem
Xtrem

केही रंगीन पृष्ठसहित ३३२ पृष्ठको ‘सीमान्त सम्झना’को मूल्य ७४५ रुपैयाँ रहेको छ । पुस्तक देशभरका प्रमुख पुस्तक पसल तथा थुप्रैडटकमबाट खरिद गर्न सकिनेछ । विश्वभरका पाठकहरुले पनि अमेजनबाट सोझै पुस्तक खरिद गर्न सक्नेछन् ।

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  ११:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब !
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ
सम्बन्धित सामग्री
बद्री अर्यालको ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ सार्वजनिक जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग आयोजित एक समारोहबीच दुई पुस्तकको संयुक्त विमोचन गरिएको हो । शुक्रबार, असोज १६, २०८३
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! आइतबार, असोज २५, २०८३
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्