• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सूचना-प्रविधि

नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड

64x64
नेपाल लाइभ शनिबार, चैत ३०, २०८१  १४:२४
1140x725

ग्वाङ्ग्जाओ – नेपाली तथा चिनियाँ अधिकारी एवम् उद्यमीहरूले दुई मुलुकहरूबीच सूचना प्रविधिको क्षेत्रमा आपसी सहकार्य अरू बढाउन आह्वान गरेका छन् । 

चीनको ग्वाङ्ग्जाओस्थित नेपाली महावाणिज्य दूतावासद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरूले स्टार्टअपहरु लाई सहयोग गर्न र लगानी अभिवृद्धि गर्न आह्वान गरेका हुन् ।

नेपाल–चीन प्रविधि सम्बन्ध सुदृढ गर्न नवप्रवर्तन र लगानी प्रवर्द्धनू विषयक कार्यक्रमलाई सम्बोधन गर्दै ग्वाङ्ग्जाओस्थित नेपाली महावाणिज्यदूत भरत खनालले नेपालमा डिजिटल रूपान्तरण भइरहेको उल्लेख गर्दै कृषि, पर्यटन, उत्पादन र वित्तीय सेवाजस्ता विविध क्षेत्रमा प्रविधिको माग बढ्दो क्रममा रहेको बताए । “सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष प्रवेश गर्दै छ । आज यो सम्बन्ध व्यापार, पूर्वाधार तथा प्रविधि क्षेत्रमा गतिशील साझेदारीमा रूपान्तरण हुँदै छ। चीनले कृत्रिम बुद्धिमत्ता (एआई), फाइभजी र डिजिटल अर्थतन्त्रमा हासिल गरेका उपलब्धिहरू प्रेरणादायी छन्। हामी नेपालको उदाउँदो प्रविधि क्षेत्रलाई तपाईँहरूको दक्षतासँग जोडेर दुवै देशलाई फाइदा हुने समन्वय सिर्जना गर्न चाहन्छौँ,” उनले भने  ।

महावाणिज्यदूत खनालले हालै नेपालको सङ्घीय सांसदबाट सूचना प्रविधि (आइटी) क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य र लगानी प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ कानुनहरू पारित भएको जानकारी दिँदै सरकारले प्रविधिको सम्भावनालाई उपयोग गर्न रूपान्तरणकारी पहलहरू अघि सारेको  बताए ।

उनले  चिनियाँ लगानीकर्ता र प्रविधि विज्ञहरूलाई नेपालको उच्च वृद्धिदर भएका क्षेत्रहरू-जस्तै सफ्टवेयर विकास, सूचना प्रविधि सेवा र कृत्रिम बुद्धिमत्ता (एआई)-मा लगानी गर्न, अनुसन्धान र विकासका लागि प्रविधि केन्द्रहरूसँग सहकार्य गर्न तथा शैक्षिक तथा औद्योगिक कार्यक्रमहरूमार्फत ज्ञान आदानप्रदान गर्न पनि आह्वान गरे ।

“आउनुहोस्, प्रविधिबाट हाम्रो सम्बन्धलाई अझ बलियो बनाऔँ । नेपाल सरकार नीतिगत सुधार, लगानी सुरक्षाको प्रत्याभूति र सहकार्यको वातावरण बनाउन प्रतिबद्ध छ । हामी प्रविधिको क्षेत्रमा ज्ञान र अभ्यास साझा गर्न अनुकूल वातावरण बनाउने लक्ष्य राख्छौँ । डिजिटल युगमा नवप्रवर्तन नै आर्थिक विकास र सामाजिक रूपान्तरणको मूल चाबी हो । हामी एक अर्काबाट सिक्ने, सँगै नवप्रवर्तन गर्ने र नेपाल–चीन मित्रता तथा सहकार्यलाई सुदृढ बनाउने यो अवसरको उपयोग गरौँ,” खनालले भने  ।

‘नेपाल प्रविधिको उदाउँदो केन्द्र’

कार्यक्रममा  बेलायतमा मुख्यालय रहेको आइटी परामर्श तथा साइबर सुरक्षा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले नेपालः प्रविधिको उदाउँदो केन्द्रू विषयक प्रस्तुतिमा नेपालमा हरेक वर्ष सूचना प्रविधिका हजारौँ  स्नातकहरू  उत्पादन भई रहेका, ८५ हजारभन्दा बढी फ्रीलान्सरहरू सक्रिय रहेका  र झन्डै चार करोड डलर बराबरको डिजिटल अर्थतन्त्र रहेको बताए । 

Ncell 2
Ncell 2
nimb
nimb

“नेपाल भारत र चीनबीचको सस्तो, स्वच्छ ऊर्जा भएको प्रविधि गन्तव्य हो र नेपालमा  एआई, डिजिटल पूर्वाधार, हरित प्रविधि जस्ता चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआइ) सँग मेल खाने साझा रुचिका क्षेत्रहरू पनि छन् । हुवावे नेपालमा ४ जी र ५ जी कनेक्टिभिटी कार्यरत छ । नेपाली फ्रीलान्सरहरूले चिनियाँ स्टार्टअपहरूका लागि एआई–एमएल मोडलहरू निर्माण गरिरहेका छन्। विद्युतीय सवारी साधन, नवप्रवर्तन तथा शिक्षा आदानप्रदान कार्यक्रमहरू कन्फ्युसियस इन्स्टिच्युटमार्फत सञ्चालन भइरहेको छ,” उनले भने ।

चिनियाँ साझेदारहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई), फिनटेक र डिजिटल पूर्वाधारमा सहकार्य गर्न आह्वान गर्दै फुयाँलले दुई देशले मिलेर प्रविधिमा आधारित उत्थानशील  एसिया निर्माण गर्न सक्ने बताए  । “नेपाल व्यवसायका लागि मात्र होइन, जिम्मेवार, समावेशी प्रविधि विकासमा अग्रणी बन्न तयार छ । चीनसँग मिलेर हामी लाखौँलाई सशक्त बनाउने डिजिटल सेतु निर्माण गर्न सक्छौँ,” उनले भने  ।

‘नेपाल–चीन सहकार्य’
कार्यक्रममा ग्वाङ्गजाओ एसोसिएसन फर साइन्स एन्ड टेक्नोलोजीकी सचिव तथा कार्यकारी उपाध्यक्ष सु लिउले चीन र नेपालले पारस्परिक मित्रतासहित शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई पालना गर्दै पूर्वाधार निर्माण, सांस्कृतिक आदानप्रदान र विज्ञान–प्रविधि क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताइन्  । “प्राचीन कालदेखि नै ग्वाङ्गजाओ  समुद्री रेसम मार्गको महत्त्वपूर्ण केन्द्र हो। हामी नेपालका वैज्ञानिक, प्रविधि क्षेत्र र व्यावसायिक समुदायका साथीहरूलाई ग्वाङ्गजाओ  भ्रमण गर्न, सहकार्यको अवसर पहिचान गर्न, र ग्वाङ्डोङ–हङकङ–मकाउ ग्रेटर बे एरियाको विकास लाभहरूमा सहभागी हुन हार्दिक स्वागत गर्छौँ,’ उनले भनिन् ।

साउथ चाइना युनिभर्सिटी अफ टेक्नोलोजीसँग आबद्ध प्राज्ञ चेन जुन्लोंगले आपसी अनुसन्धान सहकार्य तथा दुवै मुलुकका स्टार्टअपहरु बीच ज्ञान आदानप्रदानमा जोड दिए । कार्यक्रममा बेइजिङ डानचेङ्ग ल अफिसेज एलएलपीकी एटर्नी सुश्री सीआइ  लीले नेपालमा चिनियाँ कम्पनीहरूले लगानी गर्दा लागू हुने कानुनी व्यवस्था विषयमा प्रस्तुति दिएकी थिइन् ।

Xtrem

Xtrem

लोटस होल्डिङ्ग्सका सिइओ अजित विक्रम शाह र नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तर्गत स्टार्टअप तथा नवप्रवर्तन समिति सदस्य तथा आद्यान्त फन्ड म्यानेजमेन्ट लिमिटेडका प्रमुख निश्चलसिंह भण्डारीले भर्चुअल रूपमा सहभागी भई नेपाल प्रविधिको नयाँ गन्तव्यको रूपमा उदाउँदै गरेको बताउंदै नेपाली कम्पनीहरू  चिनियाँ कम्पनीहरूसँग सहकार्य गर्न इच्छुक रहेको जनाए  ।

कार्यक्रमको सुरुमा महावाणिज्यदूतावासका कन्सुलर  सरोज भट्टराईले सबैलाई स्वागत गरेका थिए । नेपाल र चीनका सरकारी अधिकारी, लगानीकर्ता, प्रविधि उद्यमी र विज्ञहरू उपस्थित सो कार्यक्रममा दुवै देशबीच नवप्रवर्तन, प्रविधि र लगानीमा सहकार्यको सम्भावनाबारे छलफल गरिएको थियो । ग्वान्जाओस्थित नेपाली महावाणिज्य दूतावासद्वारा आयोजनामा सम्पन्न उक्त कार्यक्रमले नेपाललाई प्रविधिको सम्भावनायुक्त केन्द्रका रूपमा प्रस्तुत गर्नुका साथै नेपाल–चीन सहकार्यका सम्भावनाहरू उजागर गरेको थियो ।

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  १४:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री वालेनकाे दावी सरकार वनेपछि ५ हजार ७ सयलाई लालपुर्जा वितरण गरेकाे दावी
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित)
सम्बन्धित सामग्री
सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोर–जी सेवा कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी सेवा सुरु भएको हो। शुक्रबार, भदौ ५, २०८३
एक दशकपछि इन्स्टाग्रामको लोगोमा परिवर्तन सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामले १० वर्षपछि आफ्नो वर्डमार्क लोगोमा परिवर्तन गरेको छ। मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले... शनिबार, साउन ३०, २०८३
चीनका कार्यस्थलमा ह्युमानोइड रोबोटको प्रवेश, उत्पादन क्षेत्रमा माग बढ्दो इन्धन भर्ने रोबोट ग्यास स्टेसनमा पठाउनुअघि अन्तिम चरणको परीक्षण गरिरहेको छ । फोशानको एउटा सेवा केन्द्रमा यस्तै एउटा रोबोटले यसअघि नै... सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री वालेनकाे दावी सरकार वनेपछि ५ हजार ७ सयलाई लालपुर्जा वितरण गरेकाे दावी सोमबार, असोज १९, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित) सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्