काठमाडौं–साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ।
अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५४.६२ अंक (२.०४ प्रतिशत) घटेको हो।
सो गिरावटपछि नेप्से २६१४ अंकमा कायम भएको छ। बजार खुलेदेखि नै निरन्तर ओरालोमा देखियो। कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन ४ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३२ करोडको भयो।
कुल १३ कम्पनीको मूल्य बढ्दा २३० को घट्यो। सबै सेक्टरका सूचक घटेका छन्। बैंकिङ १.४७, विकास बैंक २.४२, फाइनान्स २.९९, होटल तथा पर्यटन २.२३, हाइड्रोपावर २.३३, लगानी २.०५, जीवन बीमा १.८५, उत्पादन तथा प्रशोधन १.४६, माइक्रोफाइनान्स २.३६, निर्जीवन बीमा २.०७, अन्य १.७४ र व्यापार २.८५ प्रतिशत घटे।
यस दिन मूल्य धेरै बढ्नेमा डिवेन्चर अगाडि रहे। आईसीएफसीडी ८८ को ३.८९, कुथेली बुखरी स्मल हाइड्रोको २.८, एनआईसीएडी ८२८३ को २ तथा एसबीडीबी ८७ को २ प्रतिशत मूल्य बढ्यो।
मिथिला लघुवित्तको मूल्य १० प्रतिशत घट्यो। भूगोल इनर्जीको ७.२, सयपत्री हाइड्रोको ६.४, मायाखोला हाइड्रोको ५.६६, अपरसोलु हाइड्रोको ५.४६ प्रतिशत मूल्य घट्यो।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, युनाइटेड मोदी हाइड्रोपावर तथा सिन्धु विकास बैंक क्रमशः अगाडि रहे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।