काठमाडौं–साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से १२.३८ अंक घटेको छ।
सो गिरावटपछि नेप्से २६६९ अंकमा कायम भयो।
बजारको परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ५ अर्ब १४ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५६ करोडको भयो।
यस दिन कारोबार भएकामध्ये २५ प्रतिशत कम्पनीको सेयर मूल्य बढेको छ। ६२ कम्पनीको मूल्य बढ्दा १७५ को घट्यो भने ७ को स्थिर रह्यो। व्यापार सेक्टर मात्रै बढेको छ। सो सेक्टर ०.२६ प्रतिशत बढ्यो।
फाइनान्स सेक्टर सबैभन्दा धेरै १.२६ प्रतिशत घट्यो। बैंकिङ ०.४८, विकास बैंक ०.१८, होटल तथा पर्यटन ०.४८, हाइड्रोपावर ०.६९, लगानी ०.२२, जीवन बीमा ०.०४, उत्पादन ०.७०, माइक्रोफाइनान्स ०.६६, निर्जीवन बीमा ०.८९ तथा अन्य ०.५९ प्रतिशत घटे।
दोल्ती पावरको मूल्य सबैभन्दा धेरै ७.५ प्रतिशत बढ्यो। त्यस्तै एसियन हाइड्रोपावरको ५.४, सिन्धु विकास बैंकको ४.९, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ४.४ तथा स्वेतगंगा हाइड्रोपावरको ४.२ प्रतिशत बढ्यो।
मिथिला लघुवित्त र भूगोल इनर्जीको मूल्य १० प्रतिशत घट्यो। कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, सिन्धु विकास बैंक, युनाइटेड मोदी हाइड्रोपावार र घलेम्दी हाइड्रोपावर क्रमशः अगाडि रहे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।