काठमाडौं–बुधबार पनि सेयर बजारमा गिरावट आएको छ।
अघिल्लो दिन ७.६ घटेको बजार आज १४.८ अंक घट्यो। बजार घट्दा कारोबार रकम भने बढेको छ।
अघिल्लो दिन ४ अर्ब ३४ करोडको कारोबार भएकोमा आज ५ अर्ब १४ करोडको भयो। ५३ कम्पनीको मूल्य बढ्दा १८३ को घट्यो भने ७ को स्थिर रह्यो। होटल तथा पर्यटन ०.१० तथा व्यापार ०.६० प्रतिशत बढे भने अरु सबै सेक्टरक सूचक घटे।
फाइनान्स सेक्टर सबैभन्दा धेरै १.५३ प्रतिशत घट्यो। बैंकिङ ०.५६, विकास बैंक ०.१३, हाइड्रोपावर ०.६७, लगानी ०.४९, जीवन बीमा १.४८, उत्पादन ०.३३, माइक्रोफाइनान्स ०.४८, निर्जीवन बीमा ०.५१, तथा अन्य सेक्टर ०.५१ प्रतिशत घटे।
मिथिला लघुवित्तको मूल्य सबैभन्दा धेरै ९.३ प्रतिशत बढ्यो। भूगोल इनर्जीको ७.३, ग्रीन डेभलपमेन्ट बैंकको ७ प्रतिशत मूल्य बढ्यो।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, ग्रीन डेभलपमेन्ट बैंक तथा हिमालयन पावर पार्टनर क्रमशः अगाडि रहे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।