काठमाडौँ –नेपालको जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘छुट्ला है, छुट’ योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत यस कम्पनीका बीमितहरुले भुक्तानी गर्नुपर्ने नविकरण बीमा शुल्क भुक्तानी नगरी १८० दिन भन्दा माथि व्यतित भएका बीमालेखहरुमा फागुन १५ देखि २०८२/०२/१३ गते सम्म नविकरण बीमा शुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनी २५ औं वर्षमा प्रवेश गर्दै गरेको अवसरमा यो आकर्षक योजना सार्वजनिक गरिएको बताए । उनले बीमितहरूको हितलाई मध्यनजर गर्दै यो विशेष योजना एक पटकको लागि सार्वजनिक गरिएको र व्यतित भएका बीमालेखहरु समयमा नै नविकरण बीमा शुल्क भुक्तानी गरी बीमालेख नविकरण गर्दा लाग्ने विलम्बशुल्कमा ५० प्रतिशत छुटको लाभ उठाउन आग्रह गरेका छन् । साथसाथै बीमालेखलाई निरन्तरता प्रदान गर्दै जोखिम हस्तान्तरण गरी ढुक्कका साथ जीवनयापन गर्न आग्रह गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।