काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ३.१४ अंक बढेको छ।
सो वृद्धिपछि नेप्से परिसूचक २७४३ अंकमा कायम भएको छ। बजारमा कारोबार रकम घटेको छ। अघिल्लो दिन १० अर्ब ४३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ६२ करोडको भयो।
८१ कम्पनीको मूल्य बढ्दा १५८ को घट्यो भने ५ को स्थिर रह्यो। यस दिन जीवन बीमामा आकर्षण देखिएको छ। सो सेक्टर २.४२ प्रतिशत बढ्यो। विशाल बजार कम्पनीको मूल्य बढ्दा व्यापार समूह सबैभन्दा धेरै ३.७७ प्रतिशत बढ्यो।
निर्जीवन बीमा ०.६४, अन्य ०.५७ प्रतिशत बढे। घटेका सेक्टरको गिरावट दर १ प्रतिशतभन्दा न्यून रह्यो। बैंकिङ ०.५५, विकास बैंक ०.५२, फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.३१, हाइड्रोपावर ०.७५, लगानी ०.३७, उत्पादन ०.८१, माइक्रोफाइनान्स ०.३० प्रतिशत घटे।
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो। विन नेपाल लघुवित्तको ९.६९, अपरहेवाखोलाको ९.१४, लक्ष्मी लघुवित्तको ८.२१ तथा उपकार लघुवित्तको ८.१ प्रतिशत मूल्य बढ्यो। बाराही हाइड्रोपावरको ८.३५, भूगोल इनर्जीको ५.७८ तथा दिव्यश्वरी हाइड्रोपावरको ४.१२ प्रतिशत मूल्य घट्यो।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी होल्डिङ्स, एनआरएन इन्फ्रास्ट्रक्चर र नारायणी डेभलपमेन्ट बैंक क्रमशः अगाडि रहे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।