बुटवल- नेपाली काग्रेसका प्रमुख सचेतक तथा केन्द्रीय सदस्य बालकृष्ण खाँणले सरकार विरुद्ध सडक र सदनबाट आन्दोलन चर्काउने चेतावनी दिएका छन्।
_x000D_
_x000D_
नेता खाँणले दुई तिहाई नजीकको वर्तमान केपी शर्मा ओली नतृत्वको सरकारले भष्ट्राचार, बलात्कार, हत्या, हिंसा तथा महंगी नियन्त्रण गर्नुको सट्टा ती विषयलाई संरक्षण दिएकाले त्यसविरुद्ध सडक र सदनबाट आन्दोलन चर्काउने अवस्था अाएको चेतावनी दिए।
_x000D_
_x000D_
नेपाली काग्रेस रुपन्देही क्षेत्र नम्बर ३ रुपन्देहीले आयोजना गरेको नेपाली काग्रेसको ऐतिहासिक पृष्ठभूमि, सैद्धान्तिक पक्षतथा स्थानीय जनप्रतिनिधिको भूमिका विषयक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै जनतासँग सरोकार राख्ने विषयमा राष्ट्रिय र स्थानीय स्तरबाट आन्दोलन गर्ने समय आईसकेकाले शान्तिपूर्ण आन्दोलन सुरु गर्ने बताए।
_x000D_
_x000D_
मिडियाले काग्रेसको समाचारलाई प्राथमिकता नदिएको उल्लेख गर्दै कतिपय विषयमा आफूहरु बोलेका कुरा पनि नआएकाले काग्रेसका कुरा जनतामाझ पुग्न नसकेको चिन्ता व्यक्त गरे। उनले नेपाली काग्रेसको व्यवस्थापकीय क्षमतामा आमूल परिवर्तनको खाँचो रहेको उल्लेख गरे। उनले १० बर्ष भित्रमा चीनमा पनि कम्युनिष्ट सरकार हराउने दाबी गर्दै यहाँ पनि ओलीको वर्तमान सरकार कमजार हुँदै गएकाले नेपालमा कम्युनिष्ट शासन धेरै समय नटिक्ने बताए।
_x000D_
_x000D_
कार्यक्रममा बोल्दै नेपाली काग्रेसका केन्द्रीय सदस्य जीवन परियारले सरकारले हत्या हिंसा र बलात्कारका आरोपीलाई कारबाही गर्नुको सट्टा संरक्षण दिएको बताए। प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापा बादल हत्याराका संरक्षक रहेको बताउदै कञ्चनपुरकी निर्मला पन्तलाई बलात्कारपछि हत्या गर्ने बलात्कारी तथा हत्यारालाई अहिलेसम्म पक्राउ गर्न नसकेको बताए। वर्तमान सरकार भष्टाचारमा चुर्लुम्म डुबेको दाबी गर्दै यस बिषयमा सडक र सदनबाट आम नागरिकलाई झक्झक्याउनु पर्ने बताए। सरकार जनताको काम गर्नुको सट्टा बिलासितामा बढी सक्रिय रहेको पनि नेता परियारले बताए।
_x000D_
_x000D_
प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रदेश सभा सदस्य रमा आर्याल, नेताहरु अब्दुल रज्जाक, बाबुराम राना, रामचन्द्र ढकाल, रामकृष्ण खाँण, दीलिप धिताल, खेलराज पाण्डेलगायतले सम्बाेधन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।