काठमाडौं– २०४५ साल असोज १३ गते नेपाली चिकित्सा क्षेत्रमा हेमोडायलाइसिस सेवा सुरु भएको पहिलो दिन।
_x000D_
_x000D_
मिर्गौला फेल भएक बिरामीको जीवन लम्ब्याउने उपचार विधि हेमोडायलाइसिस सेवा वीर अस्पतालबाट सुरु भएको थियो।
_x000D_
_x000D_
मिर्गौला असफल भएमा बिरामीको रगत शुद्धीकरण गर्ने कृत्रिम विधिलाई ‘डायलाइसिस’ भनिन्छ।
_x000D_
_x000D_
सेवा सुरु भएको आज ३० वर्ष पुरा भएको छ। हेमोडायलाइसिस सेवा सुरु भएको ३०औं वर्षको अवसरमा वीर अस्पतालले आज सेवा सुरु गर्ने डाक्टर, नर्स तथा प्राविधिकहरुलाई सम्मान गरेको छ।
_x000D_
_x000D_
हेमोडायलाइसिस सेवा सुरु गर्ने डा पुष्कर राज सत्याल, डा धनन्जय प्रसाद रिमाल र टेक्निसियन गंगालाल श्रेष्ठ भने यो संसारमा छैनन्। अस्पतालले उनीहरुलाई मरोणप्रान्त सम्मान गरेको छ।
_x000D_
_x000D_
०००
_x000D_
_x000D_
नर्स प्रभा शर्मा हेमोडायलाइसिस सेवा सुरु गर्ने नर्सहरुमध्येकी एक हुन्।
_x000D_
_x000D_
तत्कालिन समयमा उनीसहित डाक्टर पुष्कर राज सत्याल, डा धनन्जय प्रसाद रिमाल, गंगालाल श्रेष्ठ र नर्स निर्माला श्रेष्ठले हेमोडायलाइसिसको पहिलो तालिम लिएका थिए।
_x000D_
_x000D_
५ जनाको टोलीले तत्कालिन पश्चिम जर्मनीमा पुगेर एक वर्षको तालिम लिएका थिए। उनीहरुले वीर अस्पतालमा हेमोडायलाइसिस सेवा सुरु गर्ने भनेर २०३३ सालमा नै तालिम लिएका थिए।
_x000D_
_x000D_
नर्स प्रभा भन्छिन्, ‘तालिम लिएर त आयौँ तर यहाँ जर्मनीले दिएको मेसिनले काम नै गरेन। त्यसपछि हामीले हेमोडायलाइसिस सेवा नै सुरु गर्न सकेनौं।’
_x000D_
_x000D_
तालिम लिएर आए पनि तालिमको उपयोग नभएपछि उनीहरुले तत्कालिन समयमा हेमोडायलाइसिस सेवा चलाउनु पर्छ भन्ने पहल गरिरहेका थिए।
_x000D_
_x000D_
तर, सहयोग भने मिलेको थिएन।
_x000D_
_x000D_
नर्स प्रभा भन्छिन्, ‘हेमोडायलाइसिसको तालिम लिए पनि आइसियु, सिसियु लगायत अन्य वार्डहरुमा नै काम गर्नु परिरहेको थियो।’
_x000D_
_x000D_

_x000D_
_x000D_
तत्कालिन समयमा मिर्गौल फेल भएर डायलाइसिसका लागि भारतमा जानु पर्ने बाध्यता थियो।
_x000D_
_x000D_
आर्थिक रुपमा सक्षम बिरामी भारतमा पुगेर डायलाइसिस गराउँथे भने नसक्ने बिरामीको उपचार अभावमा मृत्यु कुर्नुको बिकल्प थिएन।
_x000D_
_x000D_
वीर अस्पतालमा हेमोडायलाइसिसको सेवा सुरु गर्ने विषयमा बहस चलिरहेको थियो।
_x000D_
_x000D_
२०४५ सालमा डा ऋषिकुमार काफ्ले सहित केही नर्सहरुको टोलीले भारतमा पुगेर तालिम लिएर आए। तालिम लिएर आए पनि सेवा सुरु भएन।
_x000D_
_x000D_
०००
_x000D_
_x000D_
तत्कालिन समयमा नेपाली सेनाका कमान्डर इन चिफको पनि मिर्गौला फेल भएको थियो।
_x000D_
_x000D_
उनी हप्ताको दुईपटक भारत पुगेर डायलाइसिस गराउँथे।
_x000D_
_x000D_
यो कुरा तत्कालिन राजा विरेन्द्र शाहको कानमा पुग्यो।
_x000D_
_x000D_
उनले हेमोडायलाइसिस सेवा किन सुरु भएन भनेर जिज्ञासा राखे।
_x000D_
_x000D_
वीर अस्पतालका डाक्टर तथा नर्सले उपकरण लगायतका केही मेसिनको अभाव भएको जानकारी गराए।
_x000D_
_x000D_
राजाको आदेशमा एक साता भित्र अस्पतालमा हेमोडायलाइसिस सेवा सुरु गर्ने सम्पूर्ण उपकरण सहितको पूर्वाधार आइपुग्यो।
_x000D_
_x000D_
‘त्यतीबेला भारतले तीन वटा उपकरण सहयोग गरेको थियो’ नर्स प्रभाले जानकारी दिइन्, ‘तीनमध्ये एउटा मेसिन भने बिग्रिएको थियो। त्यसपछि हामीले दुई वटा मेसिनबाट डायलाइसिस सेवा सुरु गर्यौँ।’
_x000D_
_x000D_
०००
_x000D_
_x000D_
हेमोडायलाइसिस सेवा सुरु भएपछि उपचारका लागि भारतमा जानु पर्ने बाध्यतालाई धेरै हदसम्म रोक्न सफल भएको थियो, वीर अस्पताल। तर, उक्त समयमा कहिले डायलाइसिसका लागि आवश्यक फ्लुड नपाउने, कहिले डायलाइजर नपाउने त कहिले पानी सुद्धिकरण गर्ने मेसिन बिग्रने जस्ता समस्या आइरहेको थियो।
_x000D_
_x000D_
‘हामीले तमाम समस्यालाई चिर्दै डायलाइसिस सेवाको विस्तारमा निरन्तर लागि नै रह्यौँ,’ नर्स प्रभाले जानकारी दिइन्। उनका अनुसार वीर अस्पतालको डायलाइसिस युनिटमा नै गायक नारायणगोपालको समेत डायालइसिस भएको थियो।
_x000D_
_x000D_
०००
_x000D_
_x000D_
_x000D_
_x000D_
डायलाइसिस सेवा सुरु भएको ३० वर्ष पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले उपचारात्मक भन्दा निदानात्मक सेवामा जोड दिनुपर्ने बताए। उनले वीर अस्पतालको सेवा विस्तारमा मन्त्रालयले सहयोग गर्ने जानकारी दिए।
_x000D_
_x000D_
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का निमित्त उपकुलपित डा सुबोध अधिकारीले वीर अस्पतालमा आफूले जागिर सुरु गर्दा सुरु भएको हेमोडायलाइसिस सेवालाई अब बिरामीको चापका आधारमा थप विस्तार गर्नुपर्ने बताए।
_x000D_
_x000D_
वीर अस्पतालका निर्देशक डा भुपेन्द्र बस्नेतका अनुसार अस्पतालमा अहिले नियमित सेवा अन्तर्गत १४ वटा, एचआइभी तथा हेपाटाइटिस संक्रमण भएकाका लागि ३ र आइसियुमा २ वटा गरी १९ वटा डायलाइसिस सेवा सञ्चालनमा छ।
_x000D_
_x000D_
‘हामीले बिरामीको सहजताका लागि चौबिसै घण्टा डायलाइसिस सेवा समेत सञ्चालन गरिरहेका छौं,’ उनले भने, ‘बिरामीको चापका आधारमा वीरमा अझै डायलाइसिसको संख्या कम भएका कारण नयाँ बन्दै गरेको भवन सम्पन्न भएपछि सेवा विस्तार गर्ने लक्ष्य राखेका छौं।’
_x000D_
_x000D_
डा मिरा हाडाका अनुसार २ वटा मेसिनबाट सुरु भएको सेवा विस्तार हुँदै जानु सुखद कुरा भए पनि माग अनुसार दिन नसक्नु समस्या भएको बताइन्। उनले काठमाडौंसँगै देशका जिल्ला अस्पतालमा समेत डायलाइसिस मेसिनको विस्तार गर्नुपर्ने बताइन्।
_x000D_
_x000D_
नेपालमा हेमोडायलाइसिस सेवा सुरु भएको ३० वर्षको अवधिमा अहिले देशका ५३ वटा अस्पतालमा ४ सय ६८ भन्दा बढी मेसिनबाट ४ हजार भन्दा बढीले डायलाइसिस सेवा लिइरहेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको नर्सिङ महाशाखा प्रमुख रोशनी लक्ष्मी तुइँतुइँले जानकारी दिइन्।
_x000D_
_x000D_
के हो हेमोडायलाइसिस ?
_x000D_
_x000D_
डायलाइसिस मेसिनको सहयोगमा मिर्गौला रोगीहरुको रगत शुद्धीकरण गर्ने प्रक्रिया होमो–डायलाइसिस हो । बिरामीको शरीरमा दुईथरि नसा जोडेर ‘फिस्टुला’ बनाइन्छ र सुइको माध्यमबाट रगत निकाल्न सजिलो पारिन्छ।
_x000D_
_x000D_
शरीरबाट रगत निकालेर मेसिनमा पठाइन्छ, मेसिनले रगतको शुद्धीकरण गरेर फेरि शरीरमा फिर्ता पठाउँछ । प्रयोग गर्न सजिलो भएकाले प्रायः यही प्रविधि अपनाइएको देखिन्छ।
_x000D_
_x000D_
डायलाइसिसका क्रममा बिरामीहरु एक पटकमा २ देखि ४ घन्टासम्म बस्नुपर्ने हुन्छ।
_x000D_
_x000D_
मिर्गौलाका बिरामीहरुले हप्ताको ३ पटकसम्म होमो–डायलाइसिस गर्नुपर्ने हुन सक्छ। विकसित मुलुकमा घरमै यस्तो संयन्त्र जडान गर्न सकिने भए पनि नेपालमा भने अस्पतालहरुमा मात्रै यस्तो सेवा उपलब्ध छ।
_x000D_
_x000D_
पेरिटोनियल डायलाइसिसको तुलनामा यो विधिमा संक्रमणको जोखिम कम हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।