काठमाडौँ- बाराको निजगढमा प्रस्ताव गरिएको अन्तर्राष्ट्रिय विमानस्थल रुख कटानको विवादमा परिरहेका बेला अर्काे एउटा राष्ट्रिय गौरवको आयोजनाले लामो समयसम्म जरासम्बन्धी अल्झन खेप्नुपरेको तथ्य खुलेको छ।
_x000D_
_x000D_
राष्ट्रिय गौरवको रानी–जमरा–कुलरिया सिँचाइ आयोजना अघि बढाउने क्रममा कैलाली वन डिभिजन कार्यालयले नहर क्षेत्रमा पर्ने रुखका जरा हटाउने अनुमति नदिएपछि ६ महिनायता आयोजनाको काम रोकिएको छ।
_x000D_
_x000D_
राष्ट्रिय सरोकार तथा कार्यान्वयन समितिको शुक्रबारको बैठकमा आयोजना निर्देशक मधुकर रानाले कर्णाली नदीको पानीबाट त्यस क्षेत्रको ३८ हजार हेक्टरमा सिँचाइ पुर्याउने उद्देश्यका साथ निर्माण भइरहेको आयोजना अघि बढाउने सन्दर्भमा रुखको मात्र होइन, जरा हटाउनेसम्बन्धी अनुमतिको अल्झनसमेत खेप्नुपरेको सुनाए।
_x000D_
_x000D_
उक्त आयोजनाको हालसम्म भौतिक प्रगति ३६ र वित्तीय प्रगति ३४ प्रतिशत रहेको जानकारी दिइएको छ।
_x000D_
_x000D_
डिभिजन वन कार्यालयले आयोजनको नहर क्षेत्रमा पर्ने रुख हटाउने अनुमति दिए पनि काटेका रुखको ठूटा र जरा हटाउन अनुमति नदिइएको जनाउँदै त्यसका लागि लामो समयसम्म दुःख दिने नियतले झुलाउने काम गरेको आयोजना प्रमुख रानाले बताए। डिभिजन कार्यालयका प्रमुख फेरिएपछि पछिल्लो समय भने विगतको समस्या टरेको आयोजनाले जनाएको छ।
_x000D_
_x000D_
राष्ट्रिय गौरवका आयोजना अघि बढाउने सन्दर्भमा अन्तरमन्त्रालयबीच समन्वय नहुँदा आयोजना तोकिएको समयमा अघि बढाउन नसकिएको गुनासो व्याप्त छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।