पोखरा- छाडा चौपायाको बिगबिगी पोखरा महानगरपालिकाको टाउको दुखाइको विषय बनेको थियो। चौपाया व्यवस्थापन गर्न बेलाबेला विभिन्न योजना र कानुन भने नआएका होइनन्। तर, ती योजना सफल भएका थिएनन्।
_x000D_
_x000D_
गत साउन महिनामा मात्रै पोखरा महानगरले छाडा चौपाया व्यवस्थापन गर्न पोखरा–२० भलाममा रहेको स्थानापति दूग्ध सहकारी संस्थालाई जिम्मा दिएको थियो। यसका लागि सहकारीलाई ५ सय छाडा पशु व्यवस्थापन गरेबापत महानगरले मासिक ५० हजार रुपैयाँ दिने सहमति पनि भएको थियो। तर, स्थानीय कै विरोधका कारण महानगरको सो योजना असफल भयो।
_x000D_
_x000D_
विभिन्न योजना र नियम कानुन ल्याउँदा पनि सडकका छाडा पशु चौपायामा कमी नआएपछि गत फागुन महिनामा महामनगरले पशु ट्यागिङ योजना ल्यायो। पशु ट्यागिङले पशुधनी पक्राउ पर्छन् भन्ने महानगरको ठूलो विश्वास थियो। पशु ट्याग गर्ने र घरघरमै पुगेर अभिलेख राख्ने अभ्यास पनि महानगरले नगरेको होइन।
_x000D_
_x000D_
महानगरले त्यस क्रममा घरपालुवा गाई प्रजातिका पशुहरुलाई नियमित ट्यागिङ गरी प्रमाणीकरणसहित सम्बन्धित पशुको धनीलाई स्वामित्वको कार्ड प्रदान गर्नेसमेत योजना ल्याएको थियो । पशुचौपाया व्यवस्थापन गर्न महानगरको आफ्नै नीति नभएका कारण फोहोरमैला व्यवस्था ऐन अन्तर्गत जरिवाना पनि थालेको थियो । तर, सो योजना पनि विविध कारणले सफल हुन सकेन। बीचमै त्यो चर्चा सेलाएर गयो।
_x000D_
_x000D_
सडकका छाडा चौपाया सहकारीलाई जिम्मा लगाउनेदेखि, ट्यागिङ सिस्टमद्वारा पशुमालिकलाई जिम्मा लगाउने सबै काम महानगरले अभ्यास गरिसकेको छ। ती योजना र अभ्यास व्यवहारमा कार्यान्वयन नहुँदा सडकका छाडा चौपाया महानगरको ‘समृद्ध सहर’ विकासमा बाधा पुगेको थियो।
_x000D_
_x000D_
पोखरा महानगरपालिकाको हालै बसेको बैठकले छाडा पशु तथा चौपाया व्यवस्थापन गर्न पुनः नयाँ योजना ल्याएको छ।
_x000D_
_x000D_
यसपटक छाडा चौपाया व्यवस्थापन गर्न समिति नै बनाएर काममा अग्रसर देखिएको हो। सडकका छाडा पशु चौपाया व्यवस्थापन गर्न पोखरा–१७ मा रहेको कोलुमन्ती पश्चिम फुस्रे खोलाको उत्तरपट्टि क्षेत्रलाई चुनिएको छ। उक्त क्षेत्रमा करिब ७ सय रोपनी जमिन खाली रहेको र त्यसैलाई प्रयोगमा ल्याउन लागिएको महानगरको भनाइ छ।
_x000D_
_x000D_
महानगरले छाडा पशुचौपाया व्यवस्थापन गर्न पोखरा–१७ का वडाध्यक्ष तीर्थराज अधिकारीको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरेको छ। समितिको अन्य सदस्यहरुमा पोखरा वडा नम्बर ६, ७, ८, १५, २१, २२ र ३३ नम्बरका वडाध्यक्ष छन्।
_x000D_
_x000D_
समितिका संयोजक अधिकारीले सकेसम्म दसैंअघि नै सबै पूर्वाधार बनाइसक्ने गरी काम गरिरहेको जानकारी गराए। उनले सबै चौपायाको वर्गाकरण गरेर राखिने हुनाले उनीहरुमाथि कुनै समस्या नपर्ने बताए।
_x000D_
_x000D_
‘कोही दूध दिने होलान्, कोही रोगी होलान्। सबैलाई वर्गाीकरण गरेर छुट्टाछुट्टै राख्छौं,’ उनले भने। केही दिनमा नै स्थलगत बृहत् अध्ययन गरेर थप महानगरले थप कदम चाल्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।