काठमाडौं– जेनेरेसन ‘एक्स’ हुँदै ‘वाई’ र ‘जेड’सम्म आइपुग्दा मानिसको सोच्ने ढंग, जीवन जिउने कला, जीवन र आफू बसेको समाजप्रतिको दृष्टिकोणमा व्यापक परिवर्तन आइसकेको छ। खासगरी बजारशास्त्रीहरुले बढी प्रयोगमा ल्याउने शब्दावली हो, जेनेरेसन ‘एक्स’, ‘वाई’ र ‘जेड’।
_x000D_
_x000D_
यो आफूले बजारीकरण गर्नुपर्ने सामानले कुन समूहका मानिसमा कस्तो प्रभाव पार्छ भन्ने बुझ्ने उद्देश्यका साथ मानिसलाई विभिन्न वर्गमा वर्गीकरण गरिएको तथ्य हो। जसअनुसार जनेरेसन ‘एक्स’मा सन् १९६६ देखि १९७६ सम्म जन्मिएका मानिस पर्छन् भने जेनेरेसन ‘वाई’अन्तर्गत १९७७ देखि १९९४ सम्म जन्मेका मानिसलाई राखिएको छ। यस्तै, १९९५ देखि २०१२ को बीचमा जन्मेका युवा जेनेरेसन ‘जेड’ अन्तर्गत पर्छन्।
_x000D_
_x000D_
यसरी हेर्दा जेनेरेसन ‘एक्स’मा अहिले ४२ देखि ५२ उमेर समूहका मानिस रहेका छन् भने ‘वाई’ अन्तगर्तत पर्नेहरु हाल २४ देखि ४१ वर्षको उमेर समूहमा पर्छन्। यस्तै, जेनेरेसन ‘वाई’मा ६ वर्ष देखि २० वर्ष उमेर समूहका किशोर तथा युवा रहेका छन्।
_x000D_
_x000D_
सामान्यतया आफ्नो जेनेरेसन समूह अन्तर्गत जन्मिएका मानिसको सोचाइ र व्यवहार समान प्रकारको हुने ठानिन्छ। यस्तै, उनीहरुले भोगेका सामाजिक, सांस्कृतिक, राजनीतिक लगायत अन्य विकासक्रम पनि समान किसिमको हुने अपेक्षा गर्न सकिन्छ।
_x000D_
_x000D_
जब हामी जेनेरेसनको आधारमा ‘डेटिङ’को प्रचलनलाई जोडेर अध्ययन गर्छौं, तब फरक–फरक किसिमको तथ्य फेला पर्छ। त्यसमाथि देश, परिवेश र परिवर्तनशील समाजअनुकूल हुँदै अगाडि बढेको यसको संस्कृति र इतिहास भेटिन्छ।
_x000D_
_x000D_
_x000D_
समाचारपत्रको अर्धकट्टी, अनुसन्धानात्मक लेख, आख्यान, उपन्यास र फिल्मको माध्यमबाट विभिन्न दशकको अमेरिकी समाजमा रहेको ‘डेटिङ’ संस्कृति र त्यसले दर्शाउने आर्थिक पाटोको वेजिएरले अध्ययन गरी पुस्तकमा समेटेकी छन्।
_x000D_
_x000D_
_x000D_
जेनेरेसन ‘एक्स’ समूहका नेपाली युवायुवतीको पालामा ‘डेटिङ’ जाने चलन खासै थिएन भने जेनेरेसन ‘वाई’ समूहमा पर्ने युवायुवतीको पालासम्म मायालु जोडी ‘डेटिङ’ संस्कृतिमा भर्खर प्रवेश गर्दै थिए। जेनेरेसन ‘जेड’सम्म आइपुग्दा यो समूह अन्तर्गतका मायालु जोडीमा डेटिङ जानु सामान्य विषय जस्तो बन्दै गएको छ। आजका युवा पिँढीमा मौलाउँदै गएको यो प्रवृत्तिको सुरुवात भने निकै रोचक रहेको छ। खासगरी ‘डेटिङ’ संस्कृतिको सुरुवात पश्चिमा मुलुकबाट सुरु भएको हो भने यो मजदुर वर्गबाट विकसित हुँदै अन्य जमातबीच प्रख्यात भएको एक अध्ययनले देखाएको छ। सोही प्रभाव नै विभिन्न कालखण्ड र आधार हुँदै नेपालसम्म आइपुगेको पाइन्छ।
_x000D_
_x000D_
_x000D_
_x000D_
_x000D_
_x000D_
_x000D_
_x000D_
_x000D_
_x000D_

_x000D_
_x000D_
लेखक मोइरा वेइजेलले ‘लेवर अफ लभ’ पुस्तकमा २०औँ शताब्दीको ‘डेटिङ’को ऐतिहासिक अध्ययन गर्दा यसको सुरुवात मजदुर वर्गबाट भएको उल्लेख गरेकी छन्।
_x000D_
_x000D_
सन् १९०० देखि हालसम्मको विभिन्न समाचारपत्रको अर्धकट्टी, अनुसन्धानात्मक लेख, आख्यान, उपन्यास र फिल्मको माध्यमबाट विभिन्न दशकको अमेरिकी समाजमा रहेको ‘डेटिङ’ संस्कृति र त्यसले दर्शाउने आर्थिक पाटोको वेइजेलले अध्ययन गरी पुस्तकमा समेटेकी छन्।
_x000D_
_x000D_
उनको पुस्तक ‘लेवर अफ लभ’का अनुसार अमेरिकामा ‘डेटिङ’ सुरुवात सन् १९०० बाट भएको हो। समान्य परिचय र चिनजान हुने भए पनि आफ्नो सम्भावित जीवनसाथीको रुपमा आफैंले फरक लिंगको साथी छनोट गर्ने र कतै सार्वजनिक स्थानमा गएर एक्लाएक्लै भेट्ने चलन त्यो भन्दा पहिले खासै थिएन। विशेषगरी महिलाहरु पनि पुरुषसरह कामको खोजीमा घरबाहिर निस्किन थालेपछि परिवारबाहिरका अपरिचित पुरुषसँग उनीहरुको समपर्क बढ्दै गएको वेइजेल बताउँछिन्।
_x000D_
_x000D_
_x000D_
तत्कालीन समयमा मध्यम वर्गका परिवारले पनि ‘डेटिङ’ संस्कृतिलाई विस्तारै स्वीकार गर्दै आएको वेइजेल आफ्नो पुस्तकमा लेख्छिन्।
_x000D_
_x000D_
_x000D_
१९२० को दशकबाट मजदुर वर्गबाट ‘डेटिङ’ संस्कृति कलेजतिर प्रवेश गरेको उनको तर्क छ। सुरुवाती दिनहरुमा पश्चिमा देशमा पनि ‘डेटिङ’ जाने महिलालाई समाजले राम्रो दृष्टिकोणले हेर्दैनथ्यो। वेजिएलका अनुसार प्रेमको उचित परिभाषा विकसित अर्थतन्त्रले दिएको हो। औद्योगीकरणसँगै महिलाहरु रोजगारीका लागि घरबाहिर निस्किन थाले पनि दिनरातको कामको थकानका वाबजुद राम्रा रेस्टुरेन्टमा गएर खान सक्ने हैसियत सबै महिलासँगै हुँदैनथ्यो।
_x000D_
_x000D_
कम तलबमा काम गरिरहेका महिलालाई कुनै पुरुष साथीले रेस्टुरेन्टमा खाना जाने प्रस्ताव गरेको अवस्थामा ‘सित्तैमा खान’ तत्कालीन समयमा महिलाहरु त्यसलाई अस्वीकार गर्दैनथे। यसरी निरन्तरको भेटघाटको क्रम लम्बिँदा चिनापर्चीको सम्बन्ध जीवनभरको सम्बन्धको रुपमा बदलिन समय लाग्दैन थियो। तर, त्यो समयमा पुरुषसँग त्यसरी भेटिएका महिलालाई पुलिसले शंकाको नजरले हेर्ने गरिन्थ्यो भने हिरासतमा लिएको उदाहरण पनि रहेको छ।
_x000D_
_x000D_
महिला र पुरुषबीच सार्वजनिक ठाउँमा निरन्तर भेट हुने क्रम चल्दै गएपछि सैलुन, उद्यान, पार्कहरु खुल्न थालेको पाइन्छ। फलस्वरुप, यससँगै जोडिएको व्यापार पनि बढ्दै गएको पाइन्छ। समयको पदचापसँगै तत्कालीन समयमा मध्यम वर्गका परिवारले पनि ‘डेटिङ’ संस्कृतिलाई विस्तारै स्वीकार गर्दै आएको वेइजेल आफ्नो पुस्तकमा लेख्छिन्।
_x000D_
_x000D_
मानिसको बसाइसराइले पनि यसमा सहयोग गरेको उनी बताउँछिन्। बसाइसराइसँगै मानिसमा काम गर्नुपर्ने बाध्यता बढ्दै गयो। जसकाकारण सन्तानको संख्या घट्दै जान थाल्यो। सन्तानको संख्या घट्न थालेपछि अभिभावकले आफ्नो सन्तानलाई स्कुलमा भर्ना गर्न थाले। अमेरिकामा १९२० को दशकमा सुरु भएको क्याम्पसको शिक्षाले पनि ‘डेटिङ’ संस्कृतिमा वृद्धि ल्याएको उनको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।