लामो समयसम्म पश्चिमा देशले इतिहास आफ्नै पक्षमा रहेको सोचे। उनीहरुले कल्पना गरे अनुरुप विश्वको भविष्य हुनु पर्नेमा जोड दिए। शीतयुद्धको समाप्ति र सोभियत संघको विघटनपछि त झन् यो विषयले बढावा पाउँदै गयो।
_x000D_
_x000D_
भविष्य पश्चिमा देशकै थियो, त्यो भन्दाबाहिर सोच्न सक्ने स्थिति पनि थिएन। तर विचारणीय कुरा के छ भने शीतयुद्धको समाप्तिभन्दा पहिले, अझ ठ्याक्कै भन्नु पर्दा सन् १९७८ बाटै चीनले आधुनिकीकरणको आफ्नै गाथा सुरु गरिसकेको थियो। यो कुरा आजसम्म पनि इतिहासको गर्भमा नै छ। निश्चय पनि चीनका लागि सन् १९८९ भन्दा सन् १९७८ को महत्व बढी हुनेछ। सन् १९७८ मा तेङ जियाओपिङ चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च नेताका रुपमा चुनिएका थिए भने सन् १९८९ मा उनले नेतृत्व हस्तान्तरण गरेका थिए। तेङका पालादेखि नै चीनको आधुनिक इतिहास सुरु भएको मानिन्छ।
_x000D_
_x000D_
चीनको उदय भएसँगै पश्चिमा मूलुकले चीनलाई बुझ्ने तरिका पनि फरक पर्दै गयो। तेङले थालनी गरेको चिनियाँ आर्थिक र राजनीतिक व्यवस्थाको सुधारले चीन विकसित हुँदै जाँदा ‘चीन पनि पश्चिमा देशजस्तै समृद्ध हुन्छ, भएन भने असफल राष्ट्र हुन्छ’ भन्ने सबैको आँकलन थियो। वास्तवमा चीन सफल भयो पनि।
_x000D_
_x000D_
चीन पश्चिमा देशजस्तै हुन्छ वा होस् भन्ने अपेक्षा गलत हो।
_x000D_
_x000D_
चीनको राजनीतिक व्यवस्था पश्चिमा देशको जस्तो भएन। देशको अर्थतन्त्र झन् भन्दा झन् बलियो हुँदै गयो। यस अर्थमा चीन पश्चिमा देशभन्दा फरक रह्यो। अझैपनि चीन पश्चिमा देशभन्दा फरक रहने प्रक्रियामा नै छ।
_x000D_
_x000D_
पश्चिमा राष्ट्रका विज्ञले अपेक्षा गरेजस्तै न त चीनको अर्थतन्त्र लामो समय धराशायी बन्यो, न त पश्चिमाले व्याख्या गरेजस्तो प्रजातन्त्रका लागि त्यहाँका जनताले संघर्ष नै गर्नुपर्यो। बरु, पश्चिमा देशमा राजनीति र अर्थतन्त्रमा ठूलो हुन्डरी ल्याउन सफल भयो।
_x000D_
_x000D_
सन् २००७–०८ को आर्थिक मन्दीले पश्चिमा देशको अर्थतन्त्रमा व्यापक ठूलो समस्या सिर्जना गर्यो। यो मन्दीले सन् १९३० को ‘महामन्दी’भन्दा पनि बढी असर पश्चिमा राष्ट्रलाई गर्यो। सन् २००७–०८ को आर्थिक मन्दीको प्रभाव कतिसम्म विकराल थियो भने सन् २०१५–१६ सम्म पनि यसका असर रहे, अर्थतन्त्रमा असर गरिरह्यो। परिणामस्वरुप, नवउदारवादको अवसान हुन पुग्यो भने त्यहाँको शासकीय अभिजात्य वर्ग कमजोर हुन पुग्यो। सरकारी संस्था विघटनको संघारमा पुगे।
_x000D_
_x000D_
अहिले पश्चिमा राष्ट्र अर्थात् दुवै अमेरिका र यूरोपेली संघको साख ऐतिहासिक रुपमा कमजोर बन्न पुगेको छ। उदीयमान राष्ट्रको नेतृत्व गरेका दुई राष्ट्र चीन र भारतले मात्र अहिले विश्वको कूल गार्हस्थ्य उत्पादनमा ६० प्रतिशतभन्दा थोरै मात्र कम योगदान गर्छन्। जबकि १९७० को दशकको मध्यसम्म पनि विश्व अर्थतन्त्रमा यी दुई राष्ट्रको योगदान करीब ३३ प्रतिशतको हाराहारीमा मात्र थियो।
_x000D_
_x000D_
दोस्रो विश्वयुद्धपछिको ठूलो उपलब्धि भनेको विकाशशील राष्ट्रको उदय हुँदै जानु हो। विश्वको करीब ८५ प्रतिशत जनसंख्या विकासशील राष्ट्रमा छ। तर पुरानो जमानाका विकसित राष्ट्रमा अहिले जम्मा १५ प्रतिशत मात्र जनसंख्या पुग्छ।
_x000D_
_x000D_
विकासशील राष्ट्रले पश्चिमा देशबाट धेरै कुरा सिकेका छन् तर पश्चिमा नै हुने संभावना भने छैन। पश्चिमाको अनुकरण गर्ने विषयमा चीन एक अदभुत् देश हो। चीन राष्ट्र वा राज्य मात्र नभएर एक सभ्यता पनि हो। यस्तो अवधारणा पश्चिमा राज्यले बुझेका पनि छैनन् र बुझ्ने कोसिस गरेका पनि छैनन्।
_x000D_
_x000D_
चीनको राज्य र समाजको सम्बन्ध पश्चिमाको भन्दा निकै फरक किसिमको छ। जुन शासन प्रणलीको एउटा तरिका पनि हो। अमेरिका र अरु पश्चिमा राष्ट्रजस्तै साम्राज्यवादी राष्ट्र चीन होइन। पश्चिमा राष्ट्रभन्दा फरक इतिहास र संस्कृति चीनमा रहेको छ। त्यसैले चीन पश्चिमा जस्तै हुन पनि सक्दैन र हुने अपेक्षा पनि गर्नुहुँदैन।
_x000D_
_x000D_
यूरोपको उदयले विश्वलाई परिर्वतन गर्न सक्यो। यूरोपको निरन्तर बलियो साथले गर्दा अमेरिकाको उदयले पनि निश्चित परिर्वतन गर्यो। विश्वशक्तिका रुपमा उदय हुँदै गरेको चीनले पनि विश्वलाई ठूलो मात्रामा परिर्वतन गर्ने अपेक्षा गर्न सकिन्छ। यो भन्दा फरक तरिकाले सोच्दा यी दुवै परिवर्तन अस्थिर देखिन्छन्। पश्चिमाको प्रभावले विश्वमा एक किसिमको छाप छोडेको त छ तर उसको प्रभाव दीर्घकालीन थिएन। प्रभाव भनेको शाश्वत हुँदैन। अमेरिकाले नेतृत्व गरेको विश्वमा चीन अमेरिकाजस्तो होओस् भनेर सोच्नु भ्रम मात्र हो। तर चीनले त्यो सबै कुरा निमिट्यान्न पारेर आमूल रुपमा नयाँ सुरुवात गर्छ भन्ने सोच्नु पनि गलत हो।
_x000D_
_x000D_
त्यस्तो सोचाइ चीनको परम्परा विरुद्ध हुन्छ। विश्वलाई हेर्ने चीनको नजर मिश्रित खालको छ। जसलाई चिनियाँहरु ‘यिन यान’ भन्दछन्। ‘यिन यान’ भनेको शाश्वत सत्य हो, जुन अमीट हुन्छ। जसरी पश्चिमा एकात्मकतामा बढी जोड दिन्छन् त्यसरी नै चिनियाँहरु पनि बहुलवादमा बढी जोड दिन्छन्। यस मामिलामा चिनियाँहरु तत्कालीन सोभियत संघभन्दा पनि फरक मत राख्छन्। सोभियत संघले विश्वलाई बहुपक्षीय वा एकपक्षीय रुपमा हेर्थ्यो तर चिनियाँहरु व्यवहारवादी छन्। पश्चिमाका धेरै कुराका प्रशंसक पनि हुन् चिनियाँ, आकर्षित पनि छन्। त्यसो गर्न जरुरी पनि छ। तर उनीहरु पश्चिमा जसरी आफूलाई विशिष्ट ठान्दैनन् र आफ्नो नक्कल अरुले पनि गरोस् भन्ने अपेक्षा पनि राख्दैनन्। विचारणीय कुरा त यो छ कि, चिनियाँले कति वटा युद्ध लडेका छन्? यही कारण पूर्वी एसियाली क्षेत्र यूरोपको तुलनामा लामो समय शान्तिपूर्ण अवस्थामा रह्यो। साम्राज्य विस्तारका क्रममा यूरोपले देखाएजस्तो सैनिक दम्भ होस् वा अमेरिकाले अहिले गरेजस्तै काम चीनले आगामी दिनमा गर्न सक्छ भनेर नसोच्दा हुन्छ।
_x000D_
_x000D_
हामीले पश्चिमा मूल्यलाई उदार मूल्यसँग दाँजेर त्यसलाई बचाउने बाहानामा बहस गर्नु हुँदैन। विश्वमा यस्ता धेरै परम्परा र संस्कृति छन्, जसले विश्वलाई सुचित गर्न सक्षम छन्। पश्चिमले निकै कम जनसंख्याको मात्र प्रतिनिधित्व गर्छ। पश्चिमाले विश्वास गरेजस्तै विश्व अबका दिनमा एकात्मक हिसाबमा चल्नेवाला छैन। बरु, चिनियाँ मूल्य मिश्रित र बहुलवादको हिसाबमा चल्ने सम्भावना छ। चीनसहित पूर्वी एसियाली संस्कृति पश्चिमाको एकात्मक संस्कृतिका अलि बढी सामुदायिक र पारिवारिक प्रकृतिको छ। यस्तो आफ्नै मौलिकता भएको संस्कृति अबका दिनमा आमूल परिर्वतन होला भनेर चिन्ता गरिहाल्नुपर्ने अवस्था पनि आइसकेको छैन।
_x000D_
_x000D_
केही कुरामा फरक होला, केही कुरामा अहिलको अवस्थाभन्दा पनि खराब होला तर केही पक्षमा अहिलेभन्दा राम्रो हुन पनि सक्छ। यति कुरा दिमागमा राख्नुस्, अमेरिकाले नेतृत्व गरेको विश्वव्यवस्थामा उसले भनेजस्तो केही उदारता र प्रजातन्त्र छै्रन। अन्तर्राष्ट्रिय (अरु देशका) मामलाका विषयमा पश्चिमा नेतृत्वको व्यवस्था निरकुंश प्रकृतिको छ।
_x000D_
_x000D_
अहिलेको समयमा ठूलो डर भनेको चीनको उदय होइन। बरु, चीनको उदयलाई अमेरिकाले कसरी लिन्छ र आफनो प्रभाव निस्तेज हुँदै गएको घटना कुन रुपमा लिन्छ भन्ने चासो मुख्य हो।
_x000D_
_x000D_
अमेरिकामा बढ्दै गएको अनुदारवादी चरित्र हठात् निम्तिएको आकस्मिक परिस्थितिको परिणाम मात्र होइन। विश्वव्यवस्थाबाटै कमजोर बन्दै गएको अमेरिकी प्रभाव केही समय भरथेग गर्न सकिएला कि भनेर उसले गरेको प्रयासको सूचक हो।
_x000D_
_x000D_
हामीले यो कुरा बुझ्नुपर्छ कि, पश्चिमा प्रजातन्त्रको नारा उनीहरुको प्रभाव विस्तार भएपछि मात्र आएको हो। तर प्रजातान्त्रिक विचारले मात्र विगतको पश्चिमा प्रभाव धान्न सक्ला? यदि पश्चिमा मूलुक आफ्नो सर्वोत्तम मूल्य नवीन बनाई राख्न र चीनको बढ्दो प्रभावसँग प्रतिस्पर्धा गर्न सक्षम भएमा मात्र विश्वमा उसको अस्तित्व रहन सहज होला।
_x000D_
_x000D_
‘ह्वेन चाइना रुल्स द वल्र्ड’ पुस्तकका लेखक माट्रिन ज्याक्सले ‘द इकोनोमिस्ट’मा प्रकाशित आलेख नेपाल लाइभका पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन्।
_x000D_
_x000D_
ज्याक्स पुस्तक ‘When China Rules the World: the End of the Western World and the Birth of a New Global Order’ का लेखक हुन्। उनी क्याम्ब्रिज विश्वविद्यालय अन्तर्गत राजनिति तथा अन्तर्राष्ट्रिय अध्ययन विभागका वरिष्ठ विज्ञ तथा सिंहुवा विश्वविद्यालयका अतिथि प्राध्यापक हुन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।