एजेन्सी- अभिनेत्री परिणिती चोपडाको प्रदर्शनमा आउन लागेको नयाँ फिल्मलाई लिएर बलिउडमा चर्चा चुलिएको छ। उनी फिल्म ‘नमस्ते इङ्ल्यान्डमार्फत दर्शकमाझ आउन लागेकी हुन्। फिल्ममा परिणितीसँगै अर्जुन कपुर मुख्य भूमिकामा छन्।
_x000D_
_x000D_
तर हालै आएर परिणितीको चर्चा नयाँ फिल्मका कारणभन्दा पनि फोटोसुटले बढेको हो। भारतीय म्यागजिन ‘फिल्म फेयर’का लागि उनले गरेको फोटोसुटले परिणितीको चर्चा बढाएको हो। म्यागजिनकाे अक्टोबर अंकका लागि उनले फोटो सुट गराएकी थिइन्। फोटोसुटका साथै अन्य दृष्य पनि बाहिरिएपछि परिणितीको चर्चा बढेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
_x000D_
_x000D_
परिणितीले मालदिभ्समा फोटोसुट गराएकी थिइन्। कालो र रातो रङका स्विमिङ ड्रेसमा देखिएकी परिणिती शारीरिक रुपमा निकै फिट देखिन्छिन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनले आफ्नो सेक्सी लुक्स र हट तस्बिरका कारण दिदी प्रियंका चोपडालाई समेत टक्कर दिएकी छिन्। परिणिती यसै वर्ष ३ वटा फिल्ममा आउँदैछिन्। उनले अभिनय गरेका फिल्महरु ‘संदीप और पिंकी फरार’, ‘नमस्ते इङल्यान्ड’, र ‘केशरी’ फिल्म यसै वर्ष प्रदर्शनमा अाउने तयारीमा छन्।
_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।