जाकार्ता– इन्डोनेसियामा आएको भूकम्पम परी कम्तीमा एक जनाको मृत्यु भएको छ भने अरु दशभन्दा बढी घाइते भएका छन्।
_x000D_
_x000D_
इन्डोनेसियाको जलवायु सम्बन्धि कार्यालयले सुनामी समेत आउने चेतावनी दिँदै सतर्कता अपनाउन आह्वान गरेको छ।
_x000D_
_x000D_
अधिकारीहरूका अनुसार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि मध्य सुलावेसी प्रदेश र देशको मध्य भागमा यस्तो चेतावनी दिइएको हो।
_x000D_
_x000D_
‘भूकम्पपछिको सुनामी आउने देखिएकाले सतर्क हुन आह्वान गरिएको हो,’ जलवायु कार्यालयका प्रमुख सुकी डेवीले सिन्ह्वासँग फोनमा भने।
_x000D_
_x000D_
इन्डोनेसियामा शुक्रबर दिउँसो शक्तिशाली भूकम्प गएको हो। सुरुमा ७.७ म्याग्निच्युडको भूकम्प पछि ७.४ म्याग्निच्युडको भएको थियो।
_x000D_
_x000D_
भूकम्प गएको १२ मिनेटपछि पराकम्प भएको थियो। पराकम्प पनि झण्डै ६.१ म्याग्निच्युडको थियो।
_x000D_
_x000D_
त्यसैगरी मुख्य भूकम्प गएको तीन घण्टापछि ६.० म्याग्नीच्युडको पराकम्प भएको अधिकारीले जनाएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।