काठमाडौं- असोज ७ गते सय वर्ष पुगेका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई समर्पित गर्दै लोकरक ब्यान्ड 'नेपथ्य'ले ‘ऐनाझ्याल’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ। यो गीतलाई नेपथ्यले सन् २०१० मा तयार पारेको एल्बम ‘ऐनाझ्याल’ मा समेटिएको थियो । त्यसपछि एक वर्षसम्म ब्यान्डले लगातार आफ्ना कन्सर्टमा यसै गीतलाई ‘ओपनिङ सङ’ (प्रारम्भ गीत) का रुपमा प्रस्तुत गरेको थियो ।
_x000D_
_x000D_
‘ऐना झ्यालको पुतलीलाई उड्ने बाटो छैन
_x000D_
भूल पार्यो उज्यालाले, अँध्याराले होइन’
_x000D_
_x000D_
गीतमा उज्यालो संसार देखिरहेको पुतलीलाई सिसाको झ्यालले रोकिदिँदाको मनोदशा प्रस्तुत गरिएको छ।
_x000D_
_x000D_
_x000D_
_x000D_
रचनाकार राष्ट्रकवि घिमिरेका अनुसार पञ्चायतकालको प्रारम्भताका गीतको रचना गरिएको हो। ‘राजा महेन्द्रले बोलीमा प्रजातन्त्र भने तापनि व्यवहारमा छल गर्दै स्वतन्त्रता नदिइरहेको परिस्थितिमा गीतको रचना गरेको थिएँ,’ घिमिरेले भनेका छन्, ‘त्यतिबेला यस गीतको राजनीतिक अर्थ छैन भनेर बच्नकै निम्ति १० वर्ष पुरानो रचना भन्नुपरेको थियो।’
_x000D_
_x000D_
गीतलाई नेपथ्यका मुख्य गायक तथा अगुवा अमृत गुरुङले संगीतबद्ध पारेका हुन्। ‘तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ सालमा शासनसत्ता हातमा लिएपछि मैले यो गीतलाई संगीतबद्ध पारेको थिएँ,’ गायक गुरुङ भन्छन्, ‘झन्डै ४० वर्षको अन्तरालमा दोहोरिएको राजनीतिक परिस्थितीलाई उतिबेलाको शब्द र पछिल्लो समयको संगीतले जोड्ने काम गरेको थियो ।’
_x000D_
_x000D_

_x000D_
_x000D_
त्यसको लगत्तै प्रस्तुत भएको नेपथ्यको एल्बम ‘ऐनाझ्याल’को नामकरण नै यसै गीतबाट गरिएको थियो।
_x000D_
_x000D_
यसैबीच, शनिबार राजधानीको स्वयम्भूमा नेपथ्यले आफ्नो स्थापनाको रजत वर्ष उत्सवलाई निरन्तरता दिँदै कन्सर्टको आयोजना गर्न लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।