• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

विरोधबाट सरकार हच्किएको हैन : प्रधानमन्त्री ओली [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, असोज ११, २०७५  ११:३७
1140x725

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताका लागि मानवतालाई पूर्णता दिने खाना, नाना र छानायुक्त प्रजातन्त्र आवश्यक भएको बताएका छन्। संयुक्त राष्ट्रसङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क आइपुगेका प्रधानमन्त्री ओलीले महासभाको समाचार सङ्कलन गर्न आफूसँग आएका तथा अमेरिकामै क्रियाशील पत्रकारलाई संयुक्त रूपमा अन्तर्वार्ता दिँदै यस्तो बताएका हुन्। सो क्रममा उनले एउटा मानिस सम्पूर्ण मानिस हुनुपर्ने र जसले मानवलाई पूर्णता दिनसक्छ, त्यही नै पूर्ण प्रजातन्त्र भएको स्पष्ट पारेका छन्। ‘हामीसँग प्रजातन्त्र छ तर खाना छैन भने प्रजातन्त्र काम लाग्दैन’, एक प्रश्नको उत्तरमा उनले भने।

_x000D_ _x000D_

प्रधानमन्त्री ओलीले असोज ११ गते महासभालाई सम्बोधन गर्दैछन्। उनले अघिल्लो पटक र यस पटक अमेरिका भ्रमण गर्दाको नेपालको अवस्था निकै फरक रहेको बताउँदै नेपाली जनताले प्राप्त गरेको उपलब्धिका विषयमा विश्वलाई जानकारी दिने र नेपाली जनताको प्रगतिमा उनीहरूको सहयोग जुटाउने आफ्नो भ्रमणको उद्देश्य रहेको स्पष्ट पारे। प्रधानमन्त्री ओलीसँग लिइएको अन्तर्वार्ताको सम्पादित अंशः

_x000D_ _x000D_

यसपटक प्रधानमन्त्रीका रूपमा आउँदा कस्तो अनुभव भइरहेको छ?

_x000D_ _x000D_

म सन् २००६ मा अमेरिका आउँदा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीका रूपमा प्रतिनिधिमण्डलको नेताका रूपमा आएको थिएँ। अहिले प्रधानमन्त्रीका रूपमा आएको छु। त्यसबेला शान्ति प्रक्रिया चलिरहेको थियो। संविधानको स्वरूप अनिश्चित थियो। संविधानसभाको निर्वाचन भएको थिएन। राजतन्त्रको अन्त्य भएको थिएन।

_x000D_ _x000D_

विघटित संसद् पुनस्र्थापना भएको थियो। संसद्ले आफ्नो अधिकार सबल ढङ्गले प्रयोग गरेको थियो। राजतन्त्रका अधिकारलाई समाप्त पारी संवैधानिक हैसियतमा राखिएको थियो। पुनस्र्थापित संसद्ले राजसंस्थाका सम्पूर्ण अधिकार आफूमा राखेको थियो। राजतन्त्र जीवित थियो तर राष्ट्रप्रमुखको हैसियत नरहेपछि राजतन्त्र भ्रमका रूपमा थियो। त्यसलाई पुनः बिउँतिन नदिन विधिवत् अन्त्य गर्नुपर्ने थियो। राज्यको पुनर्संरचनासम्बन्धी प्रश्न, शान्ति प्रक्रिया र बृहत् शान्ति सम्झौता टुङ्गो लागेका थिएनन्। युद्धविरामसम्म भएको थियो र पुनस्र्थापित संसद्लाई पुनर्गठन गर्ने कुरा चलिरहेको थियो। सङ्क्र्रमणमा प्रवेश गरेको तर टुङ्गो लागेको थिएन र जनता शक्तिशाली हुने संविधान बन्ने अपेक्षा थियो। मानिसमा जिज्ञासा थियो, ‘माओवादीले हतियार बिसाएको छ अब के हुन्छ?’ यी प्रश्नको जवाफ नआएको अस्थिर अवस्था थियो।

_x000D_ _x000D_
_x000D_

आमूल परिवर्तनको अवस्था छ। भिन्न परिवेशमा भिन्न अनुभव गरेको छु। आफैँले सञ्चालन गरेको र आफैँले नेतृत्व दिएको शन्ति प्रक्रियालाई पूर्णता दिएर आएको असाधारण उपलब्धि र अनुभव साझेदारी गर्ने अवसर पाउँदा बेग्लै अनुभव हुन्छ। अगाडि बढ्ने आशा र विश्वास हुन्छ।

_x000D_
_x000D_ _x000D_

आज संविधान, गणतन्त्र र सङ्घीयता आएका छन्। सङ्घीयताका तीन तहका निर्वाचन भएका छन्। दुई सदनात्मक संसद् बनेको छ। प्रदेशसभा, प्रदेश सरकार र स्थानीय निकाय बनेका छन्। स्थानीय तहका ७ सय ५३ पूर्ण सरकारका रूपमा र ७७ जिल्ला समन्वय समिति बनेका छन्।

_x000D_ _x000D_

माओवादी सम्पूर्ण रूपमा हतियार बिसाएर शान्तिपूर्ण ढङ्गले लोकतान्त्रिक धारमा हिँडेको छ। लडाकु व्यवस्थापन गरी सरकारमा आएको छ र शान्तिपूर्ण ढङ्गले लोकतान्त्रिक बाटामा हिँडिरहेको पुरानो पार्टी नेकपा एमालेसँग एकता गरी एकीकरण भएको छ। आमूल परिवर्तनको अवस्था छ। भिन्न परिवेशमा भिन्न अनुभव गरेको छु। आफैँले सञ्चालन गरेको र आफैँले नेतृत्व दिएको शन्ति प्रक्रियालाई पूर्णता दिएर आएको असाधारण उपलब्धि र अनुभव साझेदारी गर्ने अवसर पाउँदा बेग्लै अनुभव हुन्छ। अगाडि बढ्ने आशा र विश्वास हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

महासभा महाधिवेशन बाहिर भेटघाटका क्रममा कस्ता अभिव्यक्ति आए?

_x000D_ _x000D_

मैले स्वीट्जरल्याण्डका राष्ट्रपतिसँग भेट गरेँ। बेलायतका प्रधानमन्त्रीसँग कुराकानी गरेँ। क्यानडाका प्रधानमन्त्रीसँग द्विपक्षीय भेट गरेँ। भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेट गरेँ। औपचारिक वा अनौपचारिक ढुङ्गले भेटघाट भइरहेका छन्।

_x000D_ _x000D_
_x000D_

शान्ति प्रक्रिया पूरा भएको, स्थायित्व आएको, संविधानको सर्वग्राह्यता स्वीकार्य भएको र निर्वाचन भएकामा खुसी व्यक्त गर्नुभएको छ। अब नेपाल अगाडि बढ्छ भन्ने विश्वास उहाँहरूमा मैले पाएको छु।

_x000D_
_x000D_ _x000D_

हाम्रो शान्ति प्रक्रिया र लोकतान्त्रिक आन्दोलन अनौठो कथाजस्तो भएको छ। सुन्दा उहाँहरू खुसी हुनुहुन्छ र अगाडि जाने कुरामा उहाँहरूले विश्वास र सहकार्यको सङ्केत दिनुभएको छ। कोलम्बियाका राष्ट्रपतिले नेपालको शान्ति प्रक्रिया उदाहरणीय भएको बताउनुभयो। अरूले पनि शान्ति प्रक्रिया पूरा भएको, स्थायित्व आएको, संविधानको सर्वग्राह्यता स्वीकार्य भएको र निर्वाचन भएकामा खुसी व्यक्त गर्नुभएको छ। अब नेपाल अगाडि बढ्छ भन्ने विश्वास उहाँहरूमा मैले पाएको छु।

Xtrem

Xtrem
_x000D_ _x000D_

भोलिको महासभालाई सम्बोधन गर्दा के सन्देश दिन खोज्नुभएको छ?

_x000D_ _x000D_

नेपालले उपलब्धि हासिल गरेका कुरालाई प्रस्तुत गरिने छ। नेपालमा शान्ति स्थापना भएको र अब विश्वशान्ति, बन्धुत्व, सहकार्य, पारस्परिक सहकार्यको पक्षमा रहेको कुरा उल्लेख गरिने छ। गरिबी, भोकमरी र अशिक्षा नभएको मानव समाजलाई व्यवस्थापन गर्न सरकार बनेको छ। यस कारणले समृद्धिभन्दा समस्यातर्फ जाने अवस्था नहोस् भन्नेमा हामी सचेत छौँ।

_x000D_ _x000D_
_x000D_

पूर्ण प्रजातन्त्र त्यो हो जसले मानवलाई पूर्णता दिनसक्छ, राजनीतिक अधिकारको नाराका रूपमा मात्र होइन।

_x000D_
_x000D_ _x000D_

हाम्रो मित्रता सबैसँग छ शत्रुता कसैसँग छैन। सार्वभौमसत्ता सम्पन्न मूलुकका रूपमा काम गरिने छ, पारस्परिक सम्बन्ध, मित्रता र सहकार्यलाई अगाडि बढाइने छ। हामीले ल्याएको प्रजातन्त्रप्रति हामी दृढ छौँ र बलियो बनाउन सजग छौँ। हाम्रो आधार ‘समृद्ध नेपाल सुखी नेपाली’ हो। पूर्ण प्रजातन्त्र त्यो हो जसले मानवलाई पूर्णता दिनसक्छ, राजनीतिक अधिकारको नाराका रूपमा मात्र होइन। हामी आफ्नो प्रयासलाई अगाडि बढाउने अरू मित्रलाई त्यसैमा लगाउने प्रयासमा छौँ।

_x000D_ _x000D_
_x000D_

कसैले सैद्धान्तिक आग्रहले शब्द ‘चुट्न’ सक्छ। हाम्रो प्रश्न शब्दसँग होइन समाजवादोन्मुख सामाजिक व्यवस्थासँग छ।

_x000D_
_x000D_ _x000D_

सहयोग, लगानी र ऋण आफ्ना आवश्यकताका आधारित भएर स्वीकार गर्ने कुरा हुन्। हामी सम्पूर्ण अन्तर्राष्ट्रिय मामिला न्यायोचित र जायज भएको ढङ्गले चलाउन चाहन्छौँ, अनुचित सर्तमा होइन। हामी देश, जनता र सम्पूर्ण मानवताका लागि काम गर्न चाहन्छौँ। सम्पूर्ण प्रयास लोकतान्त्रिक बाटाबाट जनताको सहभागिता र संलग्नतामा सम्पन्न गरिने छ। राष्ट्र निर्माणको अभियानमा अगाडि बढ्न, आर्थिक उन्नतिको अभियान चलाउन, सुशासन र स्वच्छता कायम गर्न तथा समृद्धि हासिल गर्न पनि अरू मित्रको सहयोग चाहिन्छ। राष्ट्रिय वा अन्तर्राष्ट्रिय नीतिमा हामी स्पष्ट छौँ र संयुक्त राष्ट्र सङ्घको भावनाअनुसार अगाडि बढ्छौँ। 

_x000D_ _x000D_

‘समृद्ध नेपाल सुखी नेपाली’ आन्तरिक रूपमा अति आवश्यक छ। तर, विभाजित विश्वमा नेपालले कसरी सहयोग प्राप्त गर्ने?

_x000D_ _x000D_

संयुक्त राष्ट्र सङ्घमा महासभाका अध्यक्ष र महासचिवले राखेका कुराले अर्थ राख्छ। उहाँहरूको सोचाइमा राष्ट्रहरूको भावनाको प्रतिनिधित्व र आवश्यकताको प्रतिनिधित्व भएको पाइयो। राष्ट्र सङ्घको सोचाइले विषय दिन्छ। महासभाका अध्यक्षका अभिव्यक्ति सामाजिक जागरणको पक्षमा महत्वपूर्ण छ। अध्यक्षका ७ बुँदाले पूर्ण लोकतन्त्र इङ्गित गर्छ। कसैले सैद्धान्तिक आग्रहले शब्द ‘चुट्न’ सक्छ। हाम्रो प्रश्न शब्दसँग होइन समाजवादोन्मुख सामाजिक व्यवस्थासँग छ।

_x000D_ _x000D_
_x000D_

एउटा मानिस सम्पूर्ण मानिस हुनुपर्छ। एउटा परिवार मात्रै सम्पूर्ण परिवार हुन सक्दैन, सम्पूर्णता सम्पूर्ण क्षेत्रमा हुनुपर्छ। समाजको सम्पूर्णता र समृद्धि सम्पूर्ण क्षेत्रमा हुनुपर्छ। हामीसँग प्रजातन्त्र छ तर खाना छैन भने प्रजातन्त्र काम लाग्दैन। हामीलाई खाना, नाना र छानासहितको प्रजातन्त्र चाहिन्छ।

_x000D_
_x000D_ _x000D_

हाम्रो समाज खाली प्रतिस्पर्धा, राजनीतिक अधिकार वा अरू प्रकारका स्वतन्त्रताको हकमा सीमित हुनुहुँदैन। जनताको जीवनमा सम्पूर्णतामा परिवर्तन हुनुपर्छ। एउटा मानिस सम्पूर्ण मानिस हुनुपर्छ। एउटा परिवार मात्रै सम्पूर्ण परिवार हुन सक्दैन, सम्पूर्णता सम्पूर्ण क्षेत्रमा हुनुपर्छ। समाजको सम्पूर्णता र समृद्धि सम्पूर्ण क्षेत्रमा हुनुपर्छ। हामीसँग प्रजातन्त्र छ तर खाना छैन भने प्रजातन्त्र काम लाग्दैन। हामीलाई खाना, नाना र छानासहितको प्रजातन्त्र चाहिन्छ। सबैकुरा भएको प्रजातन्त्र हामीलाई चाहिन्छ। महासभाका अध्यक्षका प्राथमिकताका बुँदामा यी धेरै कुरा स्पष्ट भएको छ।

_x000D_ _x000D_

राष्ट्रका अवस्था, स्थिति र चाहना भिन्न होलान् र ती कुरालाई राष्ट्रले अभिव्यक्त गर्न सक्छ। हामी आफ्ना अवस्था बदल्न चाहन्छौँ। हामी दुनियाँमा शान्ति, समृद्धि, समानता र न्याय चाहने जनता तथा राष्ट्रको प्रतिनिधित्व गर्छौं। हामी न्यायोचित हितको प्रतिनिधित्व गर्छौं। आवश्यक नभए मानिसले राम्रो चिज पनि किन्दैन। हामी राम्रो काम प्रस्तुत गर्छौं र राम्रोतर्फको यात्रा बलियो हुन्छ।

_x000D_ _x000D_
_x000D_

विरोध मन पराउनुपर्ने कारण छैन र विरोधसँग हच्किएको पनि हैन। निराधार, अर्थहीन, अनावश्यक, अनुचित विरोध गर्ने आफै‌ एक्लिने कुरा हुन्छ र जनताले बुझ्छ।

_x000D_
_x000D_ _x000D_

शान्ति स्थापनामा आएको रकम घट्दो छ। विरोध पनि छ नि?

_x000D_ _x000D_

विरोध केका लागि? संयुक्त राष्ट्र सङ्घमा स्तरीय ढङ्गले स्पष्टताका साथ आफ्नो कुरा राखिँदा, नेपाली जनताका कुरा दुनियाँलाई बताउँदा, नेपाल उन्नति र विकासको बाटामा जान चाहेको छ भन्ने कुरा जानकारी दिन लाग्दा, नेपालको प्रतिष्ठामाथि उठाउँदा विरोध हुँदैन। नेपालमा बहुमतको स्थिर सरकार बन्यो वा स्थायी सरकार आयो भने नेपालले भ्रष्टाचार रोक्छु, सुशासन दिन्छु, अब आर्थिक उन्नतितर्फ ध्यान दिन्छु भन्यो भने विरोध हुँदैन।

_x000D_ _x000D_
_x000D_

शान्ति सेनामा खर्च धेरै महत्वपूर्ण कुरा होइन, शान्ति महत्वपूर्ण कुरा हो।

_x000D_
_x000D_ _x000D_

हारियो भनी आफैँलाई नोक्सान गर्ने विरोधको अर्थ हुँदैन। विरोधको आधार चाहिन्छ, आलोचना आधारयुक्त हुनुपर्छ, सुझाव र टिप्पणी आधारयुक्त हुनुपर्छ। विरोध मन पराउनुपर्ने कारण छैन र विरोधसँग हच्किएको पनि हैन। निराधार, अर्थहीन, अनावश्यक, अनुचित विरोध गर्ने आफै‌ एक्लिने कुरा हुन्छ र जनताले बुझ्छ। जनतालाई मूर्ख बनाउँछु भन्दा जनताले बुझ्छन्। आफ्नै मर्यादाका लागि उपयुक्त ढङ्गको व्यवहार सबैलाई उचित हुन्छ। 

_x000D_ _x000D_

शान्ति सेनामा खर्च कटौतीको कुरा नि?

_x000D_ _x000D_

शान्ति सेनामा खर्च धेरै महत्वपूर्ण कुरा होइन, शान्ति महत्वपूर्ण कुरा हो। युद्धको खेती र निर्यात बन्द गरे यस्तो खर्च आवश्यक पर्दैन।

_x000D_ _x000D_
_x000D_

स्थायी कूटनीतिक प्रतिनिधि नियुक्त गर्ने कुरा कर्मकाण्ड होइन, काम चलाउन निकै अनुभवी समूह छ, हतारो गर्नुपर्ने अवस्था छैन।

_x000D_
_x000D_ _x000D_

भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भएका वार्ताका विषय के–के थिए?

_x000D_ _x000D_

भारतसँग रहेको मित्रतालाई सुदृढ र बलियो बनाउने विषयमा छलफल भएको थियो। 

_x000D_ _x000D_

स्थायी कूटनीतिक प्रतिनिधि नियुक्त गर्ने कुरा?

_x000D_ _x000D_

हाल नेपाली नियोगमा कार्यवाहक प्रमुख सक्षम र अनुभवी हुनुहन्छ। धेरै हतार गर्नुपर्दैन। यस्तो कुरा कर्मकाण्ड होइन, काम चलाउन निकै अनुभवी समूह छ, हतारो गर्नुपर्ने अवस्था छैन। धेरै काम गर्नुपर्ने भएकाले विलम्ब भएको हो, अब छिट्टै राजदूतको चाँजोपाँजोको काम हुन्छ।

_x000D_ _x000D_

(न्युयोर्कमा राष्ट्रिय समाचार समितिका लागि विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपालीले गरेको अन्तर्वार्ता)

प्रकाशित मिति: बिहीबार, असोज ११, २०७५  ११:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
भारी वर्षाको जोखिमबीच स्वास्थ्य क्षेत्र उच्च सतर्क, स्वास्थ्यकर्मी र र्‍यापिड रेस्पोन्स टिम तयारीमा
अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
प्रतिकूल मौसमले हवाई उडान प्रभावित शुक्रबार, असोज ९, २०८३
भारी वर्षाको जोखिमबीच स्वास्थ्य क्षेत्र उच्च सतर्क, स्वास्थ्यकर्मी र र्‍यापिड रेस्पोन्स टिम तयारीमा शुक्रबार, असोज ९, २०८३
अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य शुक्रबार, असोज ९, २०८३
बाढीले छोयो च्यासल पुल, करिडोरमा यात्रा रोक्न माइकिङ शुक्रबार, असोज ९, २०८३
सुनको मूल्य घट्यो शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्