• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २७, २०८२ Thu, Nov 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

विरोधबाट सरकार हच्किएको हैन : प्रधानमन्त्री ओली [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, असोज ११, २०७५  ११:३७
1140x725

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताका लागि मानवतालाई पूर्णता दिने खाना, नाना र छानायुक्त प्रजातन्त्र आवश्यक भएको बताएका छन्। संयुक्त राष्ट्रसङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क आइपुगेका प्रधानमन्त्री ओलीले महासभाको समाचार सङ्कलन गर्न आफूसँग आएका तथा अमेरिकामै क्रियाशील पत्रकारलाई संयुक्त रूपमा अन्तर्वार्ता दिँदै यस्तो बताएका हुन्। सो क्रममा उनले एउटा मानिस सम्पूर्ण मानिस हुनुपर्ने र जसले मानवलाई पूर्णता दिनसक्छ, त्यही नै पूर्ण प्रजातन्त्र भएको स्पष्ट पारेका छन्। ‘हामीसँग प्रजातन्त्र छ तर खाना छैन भने प्रजातन्त्र काम लाग्दैन’, एक प्रश्नको उत्तरमा उनले भने।

_x000D_ _x000D_

प्रधानमन्त्री ओलीले असोज ११ गते महासभालाई सम्बोधन गर्दैछन्। उनले अघिल्लो पटक र यस पटक अमेरिका भ्रमण गर्दाको नेपालको अवस्था निकै फरक रहेको बताउँदै नेपाली जनताले प्राप्त गरेको उपलब्धिका विषयमा विश्वलाई जानकारी दिने र नेपाली जनताको प्रगतिमा उनीहरूको सहयोग जुटाउने आफ्नो भ्रमणको उद्देश्य रहेको स्पष्ट पारे। प्रधानमन्त्री ओलीसँग लिइएको अन्तर्वार्ताको सम्पादित अंशः

_x000D_ _x000D_

यसपटक प्रधानमन्त्रीका रूपमा आउँदा कस्तो अनुभव भइरहेको छ?

_x000D_ _x000D_

म सन् २००६ मा अमेरिका आउँदा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीका रूपमा प्रतिनिधिमण्डलको नेताका रूपमा आएको थिएँ। अहिले प्रधानमन्त्रीका रूपमा आएको छु। त्यसबेला शान्ति प्रक्रिया चलिरहेको थियो। संविधानको स्वरूप अनिश्चित थियो। संविधानसभाको निर्वाचन भएको थिएन। राजतन्त्रको अन्त्य भएको थिएन।

_x000D_ _x000D_

विघटित संसद् पुनस्र्थापना भएको थियो। संसद्ले आफ्नो अधिकार सबल ढङ्गले प्रयोग गरेको थियो। राजतन्त्रका अधिकारलाई समाप्त पारी संवैधानिक हैसियतमा राखिएको थियो। पुनस्र्थापित संसद्ले राजसंस्थाका सम्पूर्ण अधिकार आफूमा राखेको थियो। राजतन्त्र जीवित थियो तर राष्ट्रप्रमुखको हैसियत नरहेपछि राजतन्त्र भ्रमका रूपमा थियो। त्यसलाई पुनः बिउँतिन नदिन विधिवत् अन्त्य गर्नुपर्ने थियो। राज्यको पुनर्संरचनासम्बन्धी प्रश्न, शान्ति प्रक्रिया र बृहत् शान्ति सम्झौता टुङ्गो लागेका थिएनन्। युद्धविरामसम्म भएको थियो र पुनस्र्थापित संसद्लाई पुनर्गठन गर्ने कुरा चलिरहेको थियो। सङ्क्र्रमणमा प्रवेश गरेको तर टुङ्गो लागेको थिएन र जनता शक्तिशाली हुने संविधान बन्ने अपेक्षा थियो। मानिसमा जिज्ञासा थियो, ‘माओवादीले हतियार बिसाएको छ अब के हुन्छ?’ यी प्रश्नको जवाफ नआएको अस्थिर अवस्था थियो।

_x000D_ _x000D_
_x000D_

आमूल परिवर्तनको अवस्था छ। भिन्न परिवेशमा भिन्न अनुभव गरेको छु। आफैँले सञ्चालन गरेको र आफैँले नेतृत्व दिएको शन्ति प्रक्रियालाई पूर्णता दिएर आएको असाधारण उपलब्धि र अनुभव साझेदारी गर्ने अवसर पाउँदा बेग्लै अनुभव हुन्छ। अगाडि बढ्ने आशा र विश्वास हुन्छ।

_x000D_
_x000D_ _x000D_

आज संविधान, गणतन्त्र र सङ्घीयता आएका छन्। सङ्घीयताका तीन तहका निर्वाचन भएका छन्। दुई सदनात्मक संसद् बनेको छ। प्रदेशसभा, प्रदेश सरकार र स्थानीय निकाय बनेका छन्। स्थानीय तहका ७ सय ५३ पूर्ण सरकारका रूपमा र ७७ जिल्ला समन्वय समिति बनेका छन्।

_x000D_ _x000D_

माओवादी सम्पूर्ण रूपमा हतियार बिसाएर शान्तिपूर्ण ढङ्गले लोकतान्त्रिक धारमा हिँडेको छ। लडाकु व्यवस्थापन गरी सरकारमा आएको छ र शान्तिपूर्ण ढङ्गले लोकतान्त्रिक बाटामा हिँडिरहेको पुरानो पार्टी नेकपा एमालेसँग एकता गरी एकीकरण भएको छ। आमूल परिवर्तनको अवस्था छ। भिन्न परिवेशमा भिन्न अनुभव गरेको छु। आफैँले सञ्चालन गरेको र आफैँले नेतृत्व दिएको शन्ति प्रक्रियालाई पूर्णता दिएर आएको असाधारण उपलब्धि र अनुभव साझेदारी गर्ने अवसर पाउँदा बेग्लै अनुभव हुन्छ। अगाडि बढ्ने आशा र विश्वास हुन्छ।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

महासभा महाधिवेशन बाहिर भेटघाटका क्रममा कस्ता अभिव्यक्ति आए?

_x000D_ _x000D_

मैले स्वीट्जरल्याण्डका राष्ट्रपतिसँग भेट गरेँ। बेलायतका प्रधानमन्त्रीसँग कुराकानी गरेँ। क्यानडाका प्रधानमन्त्रीसँग द्विपक्षीय भेट गरेँ। भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेट गरेँ। औपचारिक वा अनौपचारिक ढुङ्गले भेटघाट भइरहेका छन्।

_x000D_ _x000D_
_x000D_

शान्ति प्रक्रिया पूरा भएको, स्थायित्व आएको, संविधानको सर्वग्राह्यता स्वीकार्य भएको र निर्वाचन भएकामा खुसी व्यक्त गर्नुभएको छ। अब नेपाल अगाडि बढ्छ भन्ने विश्वास उहाँहरूमा मैले पाएको छु।

_x000D_
_x000D_ _x000D_

हाम्रो शान्ति प्रक्रिया र लोकतान्त्रिक आन्दोलन अनौठो कथाजस्तो भएको छ। सुन्दा उहाँहरू खुसी हुनुहुन्छ र अगाडि जाने कुरामा उहाँहरूले विश्वास र सहकार्यको सङ्केत दिनुभएको छ। कोलम्बियाका राष्ट्रपतिले नेपालको शान्ति प्रक्रिया उदाहरणीय भएको बताउनुभयो। अरूले पनि शान्ति प्रक्रिया पूरा भएको, स्थायित्व आएको, संविधानको सर्वग्राह्यता स्वीकार्य भएको र निर्वाचन भएकामा खुसी व्यक्त गर्नुभएको छ। अब नेपाल अगाडि बढ्छ भन्ने विश्वास उहाँहरूमा मैले पाएको छु।

_x000D_ _x000D_

भोलिको महासभालाई सम्बोधन गर्दा के सन्देश दिन खोज्नुभएको छ?

_x000D_ _x000D_

नेपालले उपलब्धि हासिल गरेका कुरालाई प्रस्तुत गरिने छ। नेपालमा शान्ति स्थापना भएको र अब विश्वशान्ति, बन्धुत्व, सहकार्य, पारस्परिक सहकार्यको पक्षमा रहेको कुरा उल्लेख गरिने छ। गरिबी, भोकमरी र अशिक्षा नभएको मानव समाजलाई व्यवस्थापन गर्न सरकार बनेको छ। यस कारणले समृद्धिभन्दा समस्यातर्फ जाने अवस्था नहोस् भन्नेमा हामी सचेत छौँ।

_x000D_ _x000D_
_x000D_

पूर्ण प्रजातन्त्र त्यो हो जसले मानवलाई पूर्णता दिनसक्छ, राजनीतिक अधिकारको नाराका रूपमा मात्र होइन।

_x000D_
_x000D_ _x000D_

हाम्रो मित्रता सबैसँग छ शत्रुता कसैसँग छैन। सार्वभौमसत्ता सम्पन्न मूलुकका रूपमा काम गरिने छ, पारस्परिक सम्बन्ध, मित्रता र सहकार्यलाई अगाडि बढाइने छ। हामीले ल्याएको प्रजातन्त्रप्रति हामी दृढ छौँ र बलियो बनाउन सजग छौँ। हाम्रो आधार ‘समृद्ध नेपाल सुखी नेपाली’ हो। पूर्ण प्रजातन्त्र त्यो हो जसले मानवलाई पूर्णता दिनसक्छ, राजनीतिक अधिकारको नाराका रूपमा मात्र होइन। हामी आफ्नो प्रयासलाई अगाडि बढाउने अरू मित्रलाई त्यसैमा लगाउने प्रयासमा छौँ।

_x000D_ _x000D_
_x000D_

कसैले सैद्धान्तिक आग्रहले शब्द ‘चुट्न’ सक्छ। हाम्रो प्रश्न शब्दसँग होइन समाजवादोन्मुख सामाजिक व्यवस्थासँग छ।

_x000D_
_x000D_ _x000D_

सहयोग, लगानी र ऋण आफ्ना आवश्यकताका आधारित भएर स्वीकार गर्ने कुरा हुन्। हामी सम्पूर्ण अन्तर्राष्ट्रिय मामिला न्यायोचित र जायज भएको ढङ्गले चलाउन चाहन्छौँ, अनुचित सर्तमा होइन। हामी देश, जनता र सम्पूर्ण मानवताका लागि काम गर्न चाहन्छौँ। सम्पूर्ण प्रयास लोकतान्त्रिक बाटाबाट जनताको सहभागिता र संलग्नतामा सम्पन्न गरिने छ। राष्ट्र निर्माणको अभियानमा अगाडि बढ्न, आर्थिक उन्नतिको अभियान चलाउन, सुशासन र स्वच्छता कायम गर्न तथा समृद्धि हासिल गर्न पनि अरू मित्रको सहयोग चाहिन्छ। राष्ट्रिय वा अन्तर्राष्ट्रिय नीतिमा हामी स्पष्ट छौँ र संयुक्त राष्ट्र सङ्घको भावनाअनुसार अगाडि बढ्छौँ। 

_x000D_ _x000D_

‘समृद्ध नेपाल सुखी नेपाली’ आन्तरिक रूपमा अति आवश्यक छ। तर, विभाजित विश्वमा नेपालले कसरी सहयोग प्राप्त गर्ने?

_x000D_ _x000D_

संयुक्त राष्ट्र सङ्घमा महासभाका अध्यक्ष र महासचिवले राखेका कुराले अर्थ राख्छ। उहाँहरूको सोचाइमा राष्ट्रहरूको भावनाको प्रतिनिधित्व र आवश्यकताको प्रतिनिधित्व भएको पाइयो। राष्ट्र सङ्घको सोचाइले विषय दिन्छ। महासभाका अध्यक्षका अभिव्यक्ति सामाजिक जागरणको पक्षमा महत्वपूर्ण छ। अध्यक्षका ७ बुँदाले पूर्ण लोकतन्त्र इङ्गित गर्छ। कसैले सैद्धान्तिक आग्रहले शब्द ‘चुट्न’ सक्छ। हाम्रो प्रश्न शब्दसँग होइन समाजवादोन्मुख सामाजिक व्यवस्थासँग छ।

_x000D_ _x000D_
_x000D_

एउटा मानिस सम्पूर्ण मानिस हुनुपर्छ। एउटा परिवार मात्रै सम्पूर्ण परिवार हुन सक्दैन, सम्पूर्णता सम्पूर्ण क्षेत्रमा हुनुपर्छ। समाजको सम्पूर्णता र समृद्धि सम्पूर्ण क्षेत्रमा हुनुपर्छ। हामीसँग प्रजातन्त्र छ तर खाना छैन भने प्रजातन्त्र काम लाग्दैन। हामीलाई खाना, नाना र छानासहितको प्रजातन्त्र चाहिन्छ।

_x000D_
_x000D_ _x000D_

हाम्रो समाज खाली प्रतिस्पर्धा, राजनीतिक अधिकार वा अरू प्रकारका स्वतन्त्रताको हकमा सीमित हुनुहुँदैन। जनताको जीवनमा सम्पूर्णतामा परिवर्तन हुनुपर्छ। एउटा मानिस सम्पूर्ण मानिस हुनुपर्छ। एउटा परिवार मात्रै सम्पूर्ण परिवार हुन सक्दैन, सम्पूर्णता सम्पूर्ण क्षेत्रमा हुनुपर्छ। समाजको सम्पूर्णता र समृद्धि सम्पूर्ण क्षेत्रमा हुनुपर्छ। हामीसँग प्रजातन्त्र छ तर खाना छैन भने प्रजातन्त्र काम लाग्दैन। हामीलाई खाना, नाना र छानासहितको प्रजातन्त्र चाहिन्छ। सबैकुरा भएको प्रजातन्त्र हामीलाई चाहिन्छ। महासभाका अध्यक्षका प्राथमिकताका बुँदामा यी धेरै कुरा स्पष्ट भएको छ।

_x000D_ _x000D_

राष्ट्रका अवस्था, स्थिति र चाहना भिन्न होलान् र ती कुरालाई राष्ट्रले अभिव्यक्त गर्न सक्छ। हामी आफ्ना अवस्था बदल्न चाहन्छौँ। हामी दुनियाँमा शान्ति, समृद्धि, समानता र न्याय चाहने जनता तथा राष्ट्रको प्रतिनिधित्व गर्छौं। हामी न्यायोचित हितको प्रतिनिधित्व गर्छौं। आवश्यक नभए मानिसले राम्रो चिज पनि किन्दैन। हामी राम्रो काम प्रस्तुत गर्छौं र राम्रोतर्फको यात्रा बलियो हुन्छ।

_x000D_ _x000D_
_x000D_

विरोध मन पराउनुपर्ने कारण छैन र विरोधसँग हच्किएको पनि हैन। निराधार, अर्थहीन, अनावश्यक, अनुचित विरोध गर्ने आफै‌ एक्लिने कुरा हुन्छ र जनताले बुझ्छ।

_x000D_
_x000D_ _x000D_

शान्ति स्थापनामा आएको रकम घट्दो छ। विरोध पनि छ नि?

_x000D_ _x000D_

विरोध केका लागि? संयुक्त राष्ट्र सङ्घमा स्तरीय ढङ्गले स्पष्टताका साथ आफ्नो कुरा राखिँदा, नेपाली जनताका कुरा दुनियाँलाई बताउँदा, नेपाल उन्नति र विकासको बाटामा जान चाहेको छ भन्ने कुरा जानकारी दिन लाग्दा, नेपालको प्रतिष्ठामाथि उठाउँदा विरोध हुँदैन। नेपालमा बहुमतको स्थिर सरकार बन्यो वा स्थायी सरकार आयो भने नेपालले भ्रष्टाचार रोक्छु, सुशासन दिन्छु, अब आर्थिक उन्नतितर्फ ध्यान दिन्छु भन्यो भने विरोध हुँदैन।

_x000D_ _x000D_
_x000D_

शान्ति सेनामा खर्च धेरै महत्वपूर्ण कुरा होइन, शान्ति महत्वपूर्ण कुरा हो।

_x000D_
_x000D_ _x000D_

हारियो भनी आफैँलाई नोक्सान गर्ने विरोधको अर्थ हुँदैन। विरोधको आधार चाहिन्छ, आलोचना आधारयुक्त हुनुपर्छ, सुझाव र टिप्पणी आधारयुक्त हुनुपर्छ। विरोध मन पराउनुपर्ने कारण छैन र विरोधसँग हच्किएको पनि हैन। निराधार, अर्थहीन, अनावश्यक, अनुचित विरोध गर्ने आफै‌ एक्लिने कुरा हुन्छ र जनताले बुझ्छ। जनतालाई मूर्ख बनाउँछु भन्दा जनताले बुझ्छन्। आफ्नै मर्यादाका लागि उपयुक्त ढङ्गको व्यवहार सबैलाई उचित हुन्छ। 

_x000D_ _x000D_

शान्ति सेनामा खर्च कटौतीको कुरा नि?

_x000D_ _x000D_

शान्ति सेनामा खर्च धेरै महत्वपूर्ण कुरा होइन, शान्ति महत्वपूर्ण कुरा हो। युद्धको खेती र निर्यात बन्द गरे यस्तो खर्च आवश्यक पर्दैन।

_x000D_ _x000D_
_x000D_

स्थायी कूटनीतिक प्रतिनिधि नियुक्त गर्ने कुरा कर्मकाण्ड होइन, काम चलाउन निकै अनुभवी समूह छ, हतारो गर्नुपर्ने अवस्था छैन।

_x000D_
_x000D_ _x000D_

भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भएका वार्ताका विषय के–के थिए?

_x000D_ _x000D_

भारतसँग रहेको मित्रतालाई सुदृढ र बलियो बनाउने विषयमा छलफल भएको थियो। 

_x000D_ _x000D_

स्थायी कूटनीतिक प्रतिनिधि नियुक्त गर्ने कुरा?

_x000D_ _x000D_

हाल नेपाली नियोगमा कार्यवाहक प्रमुख सक्षम र अनुभवी हुनुहन्छ। धेरै हतार गर्नुपर्दैन। यस्तो कुरा कर्मकाण्ड होइन, काम चलाउन निकै अनुभवी समूह छ, हतारो गर्नुपर्ने अवस्था छैन। धेरै काम गर्नुपर्ने भएकाले विलम्ब भएको हो, अब छिट्टै राजदूतको चाँजोपाँजोको काम हुन्छ।

_x000D_ _x000D_

(न्युयोर्कमा राष्ट्रिय समाचार समितिका लागि विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपालीले गरेको अन्तर्वार्ता)

प्रकाशित मिति: बिहीबार, असोज ११, २०७५  ११:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नवनियुक्त आईजीपी कार्कीलाई दर्ज्यानी चिह्न प्रदान
सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढ्यो
नेचुङ भन्सारद्वारा तीन अर्ब ४९ करोड राजस्व सङ्कलन
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
नवनियुक्त आईजीपी कार्कीलाई दर्ज्यानी चिह्न प्रदान बिहीबार, कात्तिक २७, २०८२
सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढ्यो बिहीबार, कात्तिक २७, २०८२
नेचुङ भन्सारद्वारा तीन अर्ब ४९ करोड राजस्व सङ्कलन बिहीबार, कात्तिक २७, २०८२
नेपाल वायु सेवा निगमको रिक्त महाप्रबन्धकमा दरखास्त आह्वान बिहीबार, कात्तिक २७, २०८२
पूर्वमन्त्री खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरले डोजर चलायो बिहीबार, कात्तिक २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेकपामा मिसियो भीम रावलको जागरण अभियान, ७ बुँदे सहमति पत्रमा हस्ताक्षर बुधबार, कात्तिक २६, २०८२
इजरायली राष्ट्रपतिलाई ट्रम्पको आग्रह : प्रधानमन्त्री नेतान्याहूलाई माफी दिनुस् बुधबार, कात्तिक २६, २०८२
ललितपुरमा स्कुटरलाई ठक्कर दिएर ११ लाखको सिक्री लुटपाट बुधबार, कात्तिक २६, २०८२
दुर्गा प्रसाईं समूहका २७ बुँदे माग : प्रदेश खारेज गरेर ५ विकास क्षेत्रदेखि ऋण मिनाहासम्म बुधबार, कात्तिक २६, २०८२
नेपालको विजयी सुरुवात बिहीबार, कात्तिक २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
ऋषि धमलाको संरक्षकत्वमा ‘जनादेश पार्टी नेपाल’ पार्टी दर्ताका लागि आयोगमा निवेदन मंगलबार, कात्तिक २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्