• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर ४, २०८३ Fri, Nov 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

दशैं सांस्कृतिक र समन्वयको पर्व हो, बहिष्कार अभियान आयातित

डा जगमान गुरुङ शनिबार, असोज २६, २०८१  १५:२९
1140x725

दशैंलाई भारत र नेपालको मधेसमा विजयादशमी भन्छन्। विजयादशमी भनेको रामले रावणलाई जितेको पर्व हो। तर नेपालको पहाडी खण्ड र नेपाल मण्डलमा विजयादशमी भनिँदैन, बडा दशैं भनिन्छ। 

हामी चैते दशैं र बडा दशैं भनेर दुई वडा दशैं मनाउने गर्छौं। यो बडा दशैं हो। बडा दशैंमा रामलिलाको कुरा हुँदैन। दुर्गाको पूजा हुन्छ। त्यो कुरा सबैले बुझ्न जरुरी छ। त्यसैले हामीले विजयादशमी होइन बडा दशैं भन्नुपर्छ। 

दशैं नेपालको राष्ट्रिय चाड हो। किनभने, सम्पूर्ण मधेस र नेपालको पहाडी खण्डमा जमरा राखेर, टीका लगाएर दशैं मनाउने प्रचलन छ। तर हिमाली क्षेत्रमा पहाडको जस्तो जमरा राखेर टीका लगाउने प्रचलन छैन। तर त्यहाँ पनि देवीको पूजा गरिन्छ। लामा भाषामा देवीलाई पल्द्यान लामु भनिन्छ। पल्द्यान भनेको नेपाली भाषामा श्रीदेवी हुन्छ। उनीहरुले श्रीदेवीको पूजा गर्छन्। 

अर्को शब्दमा दशैं भनेको सोल्टी उपसना हो। सोल्टी उपसना भनेको विभिन्न नेपाली सम्प्रदायहरुले आआफ्नो सनातन अनुसार दशैं मान्ने गर्छन्। प्रकृतिको पूजा हुन्छ। पुराना खुँडा, खुकुरी, कृषि औजार कुटो, कोदालो, आँसी (हँसिया) तान बुन्ने साधन सबैको पूजा हुन्छ। 

अहिले दशैं सद्भावको रुपमा विकास भएको छ। विदेश गएकाहरु पनि दशैंमा घर आउने गर्छन्। नेपाल सरकारले पनि यसलाई विधिवत रुपमा मानेको छ। उहिले हाम्रो पालामा कर्म–कार्यमा दशैं पेस्की भनेर पनि दिने गरिन्थ्यो। पछि त्यसलाई कटाइयो। तर अहिले दशैं खर्च भनेर दिइन्छ। दशैं खर्च भनेर अहिले दर्जा अनुसार एक महिनाको तलब दिने गरिन्छ। दशैंमा सबैभन्दा लामो बिदा पनि हुन्छ।

दशैं धार्मिक पर्व कि सांस्कृतिक? 
दशैं धार्मिकभन्दा पनि सांस्कृतिक पर्व हो। धर्म भनेको कोही हिन्दु धर्म मान्ने छन्। कोही बौद्ध धर्म मान्ने छन्। तर धर्म जे माने पनि हाम्रो संस्कृति एउटै हो। त्यसैले यो सांस्कृतिक पर्व हो। अहिले यो सद्भावको रुपमा विकास भएको छ। 

दशैंले सबै नेपालीलाई मानसिक रुपमा मिलन गराएको छ। भारत र नेपालको मधेसमा दशैंलाई विजयादशमी रामलिला मनाउने गरिन्छ। त्यो भारतीय परम्परा हो। भारतमा परम्परागत चरित्र छैन। भारतमा आरायन छ। किनभने, त्यहाँ आरानले राज गर्‍यो। अंग्रेजले राज गर्यो। त्यहाँ कतिपय हिन्दु परम्परा हरायो। 

भारतमा लोप भएका मान्यताहरु नेपालमा अहिले पनि यथावत छन्। हाम्रो खासगरी दुर्गा पूजा हो– जमरा राख्ने, टीका लगाउने अनि बली दिने। बलि दिएको पशुको मासु प्रसादको रुपमा ग्रहण गर्ने चलन छ। दशैंमा रमाइलो गर्ने, पिङ खेल्ने मानसिक सद्भावको रुपमा विकास भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

युद्धको मौलो
संसारमा अहिले पनि युद्ध रोकिएको छैन। नेपालमा पनि कुनै बेला युद्धको जमाना थियो। युद्धका योद्धाहरुलाई तालिम दिनुपर्थ्यो। अहिले पनि नेपाली सेनामा तालिम दिइन्छ। त्यो तालिम भनेको अहिले युद्धको मौलोलाई बुझ्नुपर्छ।

दशैंको मौलोमा विभिन्न पशुहरुको बध हुन्छ। त्यहाँ रक्तपात हुन्छ। त्यो रक्तपातलाई देखेर कोही पनि युद्धको मैदानबाट पिठ फर्काएर हिँड्दैनन्। शारिरीक रुपले, मानसिक रुपले उनीहरु तयार हुन्छन्। त्यहाँ पूजाका साथै बाजा पनि बजाइन्छ। नवराज लगाइन्छ। संगीतमय वातावरणमा युद्धको अभ्यास हुन्छ। 

दशैं सकिएपछि नेवार समुदायमा पाया हुन्छ। पाया भनेको चालन हो। चालन भनेको शस्त्र चालन हो। बडा दशैंमा भोज खाएर जामा, फूलको माला लगाएर खड्ग लिएर आआफ्नो इलाकासम्म घुम्छन्। पहाडमा चाहिँ सराया खेल्ने चलन हुन्छ। सरायाको केन्द्रविन्दु अहिले अर्घाखाँची भएको छ। त्यहाँ बडा दशैं पछाडिको पूर्णिमाको दिनमा विशाल जनसागर हुन्छ सराया खेल्नेहरुको। बाजा बजाएर, हातमा तरबार लिएर युद्धको अभ्यास गरिन्छ। 

यसलाई बहुपक्षीय रुपमा व्याख्या गर्न सकिँदैन। विविध पक्षलाई लिएर त्यसलाई व्याख्या गर्न सकिन्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अन्तरसांस्कृतिक रुपमा दशैं
पहिला-पहिलाका सरकारी सञ्चार माध्यम रेडियो नेपाल र नेपाल टेलिभिजन हुन्। यी दुवै माध्यमले दशैंलाई हिन्दुहरुको एक मात्रै महान चाड भनेर भाष्य स्थापित गरे। तर अहिले रेडियो नेपाल र नेपाल टेलिभिजनले हिन्दुहरुको एक मात्र चाड दशैं भन्दैनन्। अहिले नेपालीहरुको चाड भन्छन्। दशैं त हिन्दु धर्मावलम्बीले पनि मानेको छ। 

बौद्ध धर्म लगायत अन्य धर्मावलम्बीहरुले पनि मानेको हुन्छ। धर्म आ-आफ्नो भए पनि सांस्कृतिक र समन्वयको पर्व हो दशैं। 

अहिले त कहाँबाट के कुरा आयो, कसैले दशैं बहिष्कार भन्ने अभियान चलाएका छन्। त्यसका लागि संगठन बनाएका छन्। यस्तो प्रकारको भावना आयातित हो।

(संस्कृतिविद् डा गुरुङसँग गरिएको कुराकानीमा आधारित।)

-आर्काइभबाट

प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  १५:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष पक्राउ
यस्ता छन् मन्त्रिपरिषद्का सात निर्णय
प्रधानमन्त्री शाहको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत
सम्बन्धित सामग्री
विश्वशक्ति सहअस्तित्व र भाइचारातर्फ, कूटनीतिक इतिहासमा एउटा असाधारण दृश्य सन् २०२६ नोभेम्बर १८ मा चीनको सेन्जेनमा आयोजित एसिया–प्रशान्त आर्थिक सहयोग संगठन (एपीइसी)को आर्थिक नेताहरूको बैठकले विश्व कूटनीतिमा... शुक्रबार, मंसिर ४, २०८३
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी यस वर्ष छठको रौनकले मधेसका घाटलाई तताएन मात्र बरु काठमाडौं खाल्डोको सिंहदरबार वरिपरिकेन्द्रित कोलाहल पनि केही दिनका लागि मथ्थर भयो ।... सोमबार, कात्तिक ३०, २०८३
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सरकारको हरेक निर्णयको विरोध गर्नु प्रतिपक्ष हुनु होइन, त्यस्तै सरकारका हरेक निर्णयलाई समर्थन गर्नु पनि लोकतान्त्रिक जिम्मेवारी होइन।... आइतबार, कात्तिक २९, २०८३
ताजा समाचारसबै
हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष पक्राउ शुक्रबार, मंसिर ४, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का सात निर्णय शुक्रबार, मंसिर ४, २०८३
प्रधानमन्त्री शाहको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत शुक्रबार, मंसिर ४, २०८३
स्थानीय र प्रदेश निर्वाचन एकैपटक गर्नेबारे छलफलपछि निर्णय लिने रास्वपाको तयारी शुक्रबार, मंसिर ४, २०८३
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक तय शुक्रबार, मंसिर ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाल सरकारका पूर्व मुख्यसचिव एक नारायण अर्याल पक्राउ शुक्रबार, मंसिर ४, २०८३
आफैँलाई गोली हानेका न्यायाधीशका पीएसओकाे उपचारका क्रममा मृत्यु शुक्रबार, मंसिर ४, २०८३
अपहरण गरी बन्धक बनाइएका व्यक्तिको सकुशल उद्धार, संलग्न व्यक्तिहरु पक्राउ बिहीबार, मंसिर ३, २०८३
दल त्याग गर्ने जसपाका १८ स्थानीय जनप्रतिनिधिको पद स्वतः रिक्त बिहीबार, मंसिर ३, २०८३
दाङमा यात्रुवाहक बस दुर्घटना, २२ जना घाइते बिहीबार, मंसिर ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्वशक्ति सहअस्तित्व र भाइचारातर्फ, कूटनीतिक इतिहासमा एउटा असाधारण दृश्य नेपाल लाइभ
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्