• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत ८, २०८२ Sun, Mar 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

नियमन र सेवा सञ्चालन एउटै निकायबाट हुँदा प्रभावकारी सुवरिवेक्षण हुन सक्दैन [अन्तर्वार्ता]

64x64
उत्तम काप्री आइतबार, चैत ८, २०८२  ०१:५६
1140x725

नेपाल नागरिक उड्डयन ऐन निर्माणका लागि गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक सहमति जनाइसकेकोे छ। नेपाल नागरिक उड्यन प्राधिकरणले उक्त ऐनको मस्यौदा २०७१ सालमै एसियाली विकास बैंक (एडिबी)को सहयोग र स्पेनिस कम्पनी इमेको परामर्शमा तयार पारेको थियो। प्राधिकरणले तयार गरेको ऐनको मस्यौदा २०७३ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा परिमार्जन समेत भइसकेको छ । परिमार्जन भएको मस्यौदा मन्त्रालयमा पेस पनि भइसकेको छ। यसै विषयमा नेपाल लाइभका उत्तम काप्रीले नागरिक उड्डयन प्राधिकरणमा उपमहानिर्देशक तथा मस्यौदा परिमार्जन समितिका सदस्य राजन पोखरेलसँग गरेको कुराकानी :

_x000D_ _x000D_

नेपाल नागरिक उड्डयन ऐन किन आवश्यक पर्‍यो?

_x000D_ _x000D_

नागरिक उड्डयन अतिसंवेदनशील क्षेत्र हो। यो उडान सुरक्षासँग जोडिएको हुन्छ। एउटै जहाजले ३–४ सय यात्रु बोकेको हुन्छ। त्यहाँ मानव जीवनदेखि सम्पत्तिको कुरा जोडिएको हुन्छ। यसमा अन्तर्राष्ट्रिय दायित्व पनि जोडिएको हुन्छ। नेपाल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को सदस्य राष्ट्र पनि हो। हामीले आइकाओको सिद्धान्त पछ्याइरहेका गरिरहेका छौं। हामी हस्ताक्षर राष्ट्र पनि हौं। 

_x000D_ _x000D_

आइकाओको नियममा नागरिक उड्डनको क्षेत्रमा नियामक निकाय र सेवाप्रदायक निकाय फरकफरक हुनुपर्छ। आइकाओको मार्गदर्शक सिद्धान्तमा यी दुई निकाय स्पष्ट रुपमा फरक हुनपर्छ भनी उल्लेख गरिएको छ। राज्य विमानस्थल सञ्चालक पनि हुनसक्छ। एयरलाइन्स अपरेटर पनि हुनसक्छ।

_x000D_ _x000D_

Ncell 2
Ncell 2

नेपाल वायुसेवा निगम राज्यले चलाएको निकाय हो। तर, पनि नियमनकारी निकाय र सञ्चालन निकाय भने फरक हुनुपर्छ। नेपाल नागरिक उड्डयन प्राधिकरण पहिलो पटक सन् १९९८ मा हवाई विभागबाट अलग हुँदै स्वायत्त निकायका रुपमा स्थापित भएको थियो। अब हामी सेवा प्रदायक र नियमन फरकफरक गरी अगाडि बढ्नुपर्छ। हामीले अहिले प्राधिकरण मातहममै रहेर विमानस्थल सञ्चालन तथा एयर ट्राफिक सेवा प्रदान गरिरहेका छौं। साथसाथै वायुसेवा कम्पनीको नियमन पनि गरिरहेका छौं। त्यसले गर्दा यो भूमिका फरक हुनुपर्छ।

_x000D_ _x000D_

किन फरक हुनुपर्ने ?

_x000D_ _x000D_

यी दुवै काम एउटै निकायबाट हुँदा स्वार्थ बाझिएको हुन्छ। जस्तै विमानस्थल पनि प्राधिकरणका कर्मचारीले नै चलाइरहेका छौं। प्राधिकरण आफैंले चलाइरहेको छ। एयर ट्राफिक सेवा पनि आफैं दिइरहेको छ। आफ्नो क्षेत्रको आफैंले नियमन सम्भव छ वा छैन? यो नै प्रमुख प्रश्न हो। जसका कारण प्रभावकारी सुवरिवेक्षण भएको छैन। म नियमनकर्ताको हिसाबले भन्नुपर्दा एयर ट्राफिक सेवा प्रदान र विमानस्थल सञ्चालनको क्षेत्रमा प्रभावकारी सुवरिवेक्षण हुन सक्दैन।

_x000D_ _x000D_

फरक निकाय हुँदाको फाइदा के?

_x000D_ _x000D_

फरकफरक निकाय भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण नियमनकारी संस्थाको रुपमा सीमित हुन्छ। जसले गर्दा विमानस्थल सञ्चालन र एयर ट्राफिक सेवाको राम्रोसँग सुवरिवेक्षण हुनसक्छ। ‘सेफ्टी म्यानेजमेन्ट’ प्रणाली लागू गर्नसक्छ र प्राधिकरणसँग यसको सुवरिवेक्षण गर्नसक्ने क्षमता बढ्छ। साथै विश्वका सामु पनि प्राधिकरण चाहिं नियमनकारी संस्था हो भन्ने स्थापित हुन्छ।

_x000D_ _x000D_

अन्य देशमा कस्तो व्यवस्था छ?

_x000D_ _x000D_

विश्वमा नियमन र सञ्चालन फरकफरक भएका देश बढी छन्। एउटै भएका केही देश मात्रै छन्। अधिकांश देशमा फरकफरक निकायबाट नियमन र सञ्चालनको काम भइरहेको छ। दक्षिण एसियाली राष्ट्रहरुमा नेपाल र पाकिस्तानमा एउटै निकायबाट काम भइरहेको छ। बंगलादेशमा फरक गर्ने प्रक्रिया छ। भुटान, माल्दिभ्स तथा श्रीलंकाले समेत नियमन र सेवा फरकफरक निकायबाट गर्दै आएका छन्। छिमेकी राष्ट्र भारतमा त धेरै पहिलेदेखि फरकफरक निकायबाट काम हुँदैआएको छ। अमेरिका, क्यानडा तथा युरोपियन देशमा समेत फरकफरक निकायबाट काम भइरहेको छ। एउटै निकायबाट काम हुने सीमित देशको सूचीमा नेपाल पर्छ।

_x000D_ _x000D_

आइकाओले नेपाललाई फरक–फरक निकायबाट काम गरे भनेर कहिले निर्देश गरेको थियो ?

_x000D_ _x000D_

आइकाओले फरकफरक निकायबाट सेवा सञ्चालन तथा नियमनको काम गर्न निर्देश दिइरहेको छ। नेपालको हकमा पनि सेवा प्रदान र नियमनको काम राज्यबाटै हुने हो भने पनि फरकफरक निकायबाट हुनुपर्छ भनेर निर्देश भइरहेको छ। सन् २००९ मा आइकाओ नेपालको हवाई क्षेत्रको सुरिवेक्षण तथा अडिडमा आएको थियो। त्यही बेला आइकाओले हामीलाई पनि फरकफरक निकायबाट काम गर्नु भन्दै निर्देश दिएको थियो।  

_x000D_ _x000D_

फरक गर्ने प्रक्रिया कहाँ पुगेका छ?

_x000D_ _x000D_

आइकाओको सुझावपछि नेपाल सरकार र एसियाली विकास बैंकबीच हवाई क्षेत्र सुधारका लागि सन् २०१० मा ४२ करोड रुपैयाँको सम्झौता भएको थियो।
_x000D_ त्यसलगत्तै प्राधिकरणले सन् २०१२ मा आइकाओको सुझावअनुसार हवाई क्षेत्रको नियमन र सञ्चालन अलगअलग निकायबाट गर्न आवश्यक ऐन तथा नियमावली निर्माणका लागि स्पेनिस कम्पनी इमिकोसँग ४० करोड रुपैयाँमा सम्झौता गरेको थियो।

_x000D_ _x000D_

हवाई सेवाजस्तो अतिसंवेदनशील क्षेत्रमा दुवै काम एउटै निकायबाट गर्न नहुने आइकाओको सुझावअनुसार नागरिक उड्डयन प्राधिकरणको काम विभाजन गर्नेगरी नागरिक उड्ययन ऐनको मस्यौदा तयार गरिएको थियो।

_x000D_ _x000D_

एडिबीको सहयोगपछि सन् २०१२ मा स्पेनिस कम्पनी इमिकोसँग ४० करोड रुपैयाँमा नागरिक उड्डयन ऐन, नियमावाली, विजनेस प्लान, संस्थागत संरचना, हवाई नीति, सूचना प्रविधि व्यवस्थापन प्रणाली निर्माणका लागि आवश्यक तयारी भन्दै प्राधिकरणले सम्झौता ग¥यो। सम्झौताअनुसार २०१५ मार्चमा इमिकोले सबै डकुमेन्ट तयार गरेको थियो ।

_x000D_ _x000D_

त्यसलगतै सबैभन्दा पहिले प्राधिकरणलाई छुट्याउन आवश्यक ऐनको मस्यौदा भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा २०७१ मा पहिलो पटक पेस भएको थियो। तर, मन्त्रालयले मस्यौदामा आवश्यक थपघट गर्नुपर्ने भन्दै सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा एक समिति गठन गरेको थियो।

_x000D_ _x000D_

२०७३ जेठमा गठन भएको उक्त समितिले २०७३ मंसिरमा मस्यौदा परिमार्जन गरी मन्त्रालयमा पेस गरेको थियो। मन्त्रालयमा मस्यौदा पेस भए पनि ऐन तर्जुमा गर्न मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति भइसकेको थिएन। सोही मस्यौदालाई अन्तिम रुप दिन ऐन तर्जुमा गर्न दिने सैद्धान्तिक सहमति भएको छ। 

प्रकाशित मिति: आइतबार, चैत ८, २०८२  ०१:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै शनिबार, चैत ७, २०८२
इरानको न्युक्लियर सेन्टरमा आक्रमण, इजरायलद्वारा आरोप अस्वीकार, अमेरिकी कारबाहीमा टिप्पणी नगर्ने दाबी शनिबार, चैत ७, २०८२
कांग्रेस पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थान शनिबार, चैत ७, २०८२
प्रदेश र स्थानीय तहलाई १ खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस शनिबार, चैत ७, २०८२
पार्टी पहिलेकै लयमा फर्कने कुरामा विश्वस्त छु : सुरेन्द्र पाण्डे शनिबार, चैत ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
वाइडबडी घोटालाको छानबिन गर्न समिति गठन शुक्रबार, चैत ६, २०८२
इरानको न्युक्लियर सेन्टरमा आक्रमण, इजरायलद्वारा आरोप अस्वीकार, अमेरिकी कारबाहीमा टिप्पणी नगर्ने दाबी शनिबार, चैत ७, २०८२
कांग्रेस पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थान शनिबार, चैत ७, २०८२
सुनको मूल्य ७ हजार ८ सयले घट्यो शुक्रबार, चैत ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्